Suvadin, Home

सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढायोः ओली

केपी अोली।

काठमाडौं, पुस १७ (शुभदिन)


प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा बाह्य हस्तक्षेप बढदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले पाइलैपिच्छे बाह्य हस्तक्षेप बढाउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप पनि लगाए। ललितपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै अध्यक्ष ओलीले

देश भित्रैबाट बाह्य हस्तक्षेप निम्त्याउने काम भइरहँदा समेत लज्जाबोध नहुनु झनै लाजामर्दो भएको पनि उल्लेख गरे।

उनले सार्वभौम मुलुकलाई आफनो निर्णय आफैं गर्न नदिनेहरु देशभित्रै सल्बलाइरहेको दावी पनि गरे।

अध्यक्ष ओलीले पार्टीभित्रका शिक्षण प्रशिक्षण काममा देखिनुपर्नेमा पनि जोड दिए। द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रयोग काममा प्रकट हुनुपर्ने आवश्यकता आैंल्याए। अध्यक्ष ओलीले जनताको सेवामा लागेर मात्रै माक्र्सवादी सिद्धान्तको सही प्रयोग गर्न सकिने धारणा पनि राखे।

उनले राष्ट्रिय एकतालाई बलियो बनाएर देशलाई समृद्धिको दिशामा अघि बढाउन पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्ने खाँचो पनि औंल्याए।


 

More form the Internet

loading...