Suvadin, Home

एमालेद्वारा प्राधिकरण प्रमुख हटाउने निर्णयको बिरोध

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएकामा आपत्ति जनाएका छन्। बिहीबार  सरकारले प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो।
केपी अोली।

काठमाडौं, पुस २१


एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएकामा आपत्ति जनाएका छन्। बिहीबार  सरकारले प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो।

ओलीले भूकम्पपीडितको पुनःनिर्माणका लागि सरकारले खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय गरेको आरोप लगाए।

प्रेस चौतारी नेपालले बिहीबार राजधानीमा  आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताए। सरकारले स्वेच्छाचारी ढंगले उक्त प्रस्ताव ल्याएको उनको आरोप थियो ।

‘संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन। अन्यत्रका केही प्रायोजित माग यसमा छन्। त्यो माग समस्या समाधानमा भन्दा पनि बल्झाउने प्रकारको छ,’ अध्यक्ष ओलीले भने, ‘संविधान कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु नै अहिलेको आवश्यकता हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भावलगायत लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा सम्झौता हुन नसक्ने जिकिर गरे। ‘साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वेष आजको आधुनिक नेपालमा स्वीकार्य हुन सक्दैनन्,’ उनले भने।

संविधान संशोधनबारे सर्वाेच्च अदालतको फैसला पनि प्रदेशसभा नबनी सिमाना हेरफेर गर्न नसक्ने पक्षमा आएकाले आफूहरूले लिएको अडान र विश्लेषण सही स्थापित भएको तर्क गर्दै अध्यक्ष ओलीले संसदमा संशोधनको प्रस्ताव पारित हुन नदिने बताए।

एमाले लगायत प्रतिपक्षी दलहरूले शुक्रबार संबिधान संसोधन विधेयकविरूद्ध राजधानीमा शक्ति प्रदर्शनको कार्यक्रम तय गरेका छन्। त्यसैको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीलाई प्रेस चौतारीले अन्तरसंवादमा बोलाएको थियो।

 


 

More form the Internet

loading...