Suvadin, Home

दाहाल तानाशाही बन्दैछन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तानाशाही बन्दै गएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्ति उत्तेजक बन्दै गएको टिप्पणी गर्दै आक्रोश व्यक्त गरेका हुन्।

काठमाडौं, पुस १०

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले जनतालाई बितण्डाकारी भन्दै हिँड्ने प्रधानमन्त्रीको अभिव्यक्ति सहन गर्न नसकिने चेतावनी दिएका छन्।

ओलीले प्रधानमन्त्री दाहालले मुलुकलाई नोक्सानी पुग्ने अभिव्यक्ति दिँदै देश दौडाहामा निस्केको जिकिर गरे। उनले संविधान कार्यान्वयन गर्ने बेलामा प्रधानमन्त्री दाहाल कैँची र सलाई लिएर देश दौडाहामा निस्कनु देश र जनताको हितमा नरहेको दावी गरेका छन्।

अध्यक्ष ओलीले मुलुकलाई नोक्सानी हुने काम आफूहरुबाट नहुने पनि उल्लेख गरे। संविधानले नै निषेध गरेको विषय संसदमा प्रवेश हुन नदिने अडान दोहोर्याउदै ओलीले जनतालाई झुटो आश्वासन दिएर नहिँड्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्।
 
More form the Internet

loading...