Suvadin, Home

‘लालटिन’काे पाेस्टर सार्वजनिक, पाेस्टरमा दयाहाङ रार्इ मात्र

अभिनेता दयाहाङ रार्इकाे फिल्म लालटिनकाे पाेस्टर सार्वजनिक भएकाे छ। लालटिनकाे पहिलाे अफिसियल पाेस्टरमा दयाहाङ रार्इ मात्र देखिएका छन्।  फिल्ममा मुख्य भूमिकामा दयाहाङ रार्इ, प्रियंका कार्की र केकी अधिकारी रहे पनि निर्माण टिमले दयाहाङ रार्इ मात्र भएकाे पाेस्टर सार्वजनिक गरेकाे हाे। पाेस्टरमा दयाहाङ रार्इ गम्भीर देखिएका छन्।   
लालटिनको पोस्टरमा दयाहाङ।

काठमाडाैं, पुस २३


अभिनेता दयाहाङ रार्इकाे फिल्म लालटिनकाे पाेस्टर सार्वजनिक भएकाे छ। लालटिनकाे पहिलाे अफिसियल पाेस्टरमा दयाहाङ रार्इ मात्र देखिएका छन्।  फिल्ममा मुख्य भूमिकामा दयाहाङ रार्इ, प्रियंका कार्की र केकी अधिकारी रहे पनि निर्माण टिमले दयाहाङ रार्इ मात्र भएकाे पाेस्टर सार्वजनिक गरेकाे हाे। पाेस्टरमा दयाहाङ रार्इ गम्भीर देखिएका छन्।   

चैत १८ गते देशभर रिलिज हुने लालटिनकाे निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन्। भानु प्रतापकाे प्रस्तुतिमा रहेकाे चलचित्र लालटिनकाे निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् भने, मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह-निर्माता हुन्। अर्जुन जिसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज, डिकेश र भानुप्रतापको नृत्य छ।

चलिचत्रमा दयाहाङ रार्इ , प्रियंका कार्की ,केकी अधिकारी बाहेक अर्जुन गुरुङ, रिया श्रेष्ठ,रामकेशर बाेगटी,मेलिना मान्नधर लगयातका कलाकारकाे अभिनय छ। चलिचत्र फुल प्याकेजकाे छ। समाजमा हुने अपराधलार्इ उठान गरेकाे  यस चलिचत्रमा , राेमान्स , एक्सन र कमेडी भरपुर छ।

चलिचत्र एक कराेड बजेटकमाथि बनेकाे चलिचत्र निर्माण टिमकाे दाबी छ।

 

More form the Internet

loading...