Suvadin, Home
Nepal Life Insurance Ltd.

लेखा समिति सभापति चयनमा दलहरूको अग्रसरता

सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले सभापति चयन प्रक्रिया छिटो अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्ने निर्णय गरेको हो। तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि नेतृत्वविहीन बनेको समितिको बैठक पाँच महिनायता पहिलो पटक बसेको हो। तत्काल सभापति चयन प्रक्रिया अघि बढाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए।
संसद।

काठमाडौं, पुस १९


व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सभापति चयन प्रक्रिया तत्काल अघि बढाउन सभामुख ओनसरी घर्तीलाई आग्र्रह गर्ने भएको छ। सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले सभापति चयन प्रक्रिया छिटो अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्ने निर्णय गरेको हो।

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि नेतृत्वविहीन बनेको समितिको बैठक पाँच महिनायता पहिलो पटक बसेको हो। तत्काल सभापति चयन प्रक्रिया अघि बढाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए।

समितिले अब दैनिक छलफल गरी बेरुजु फस्र्यौट गर्दै लैजाने निर्णय पनि गरेको छ। समितिले बजेट बेरुजुबारे छलफल गर्न आगामी २५ गते महालेखा परिक्षकको कार्यालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ। मुख्यसचिव सोमलाल सुवेदीलाई समेत बोलाई महालेखा परीक्षकको कार्यालयसँग बेरुजु बजेटबारे आवश्यक छलफल गर्ने निर्णय लिएको हो।

बैठकमा समितिका सदस्यहरूले मुलुकमा बेरुजुको चाङ लाग्दा पनि सार्वजनिक लेखा समितिको बैठक बस्न नसक्नु दुःखद भएको टिप्पणी गर्दै तत्काल सभापति चयन प्रक्रिया अघि बढाउन सभामुखलाई छिटो अनुरोध गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बेरुजु बजेटका सम्बन्धमा लगातार छलफल गरी आवश्यक निर्णय लिन समितिको बैठक निरन्तर बस्नुपर्ने आवश्यक्ता पनि आैंल्याएका छन्।

नेतृत्वविहीन बनेको समितिको बैठक पाँच महिनायता बस्न नसक्दा मुलुकले धान्नै नसक्ने गरी बेरुजु बजेट चाङ लागेको छ। महालेखा परीक्षकको कार्यालयले ३ सय २८ अर्ब बजेट बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गर्दा समेत नेतृत्वविहीन भएकै कारण लेखा समितिको बैठक साउन २८ गतेयता बस्न नसकेको बताइएको छ।

दलहरूबीच सहमति हुन नसक्दा सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढन नसकेको हो। समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गर्दै आएको छ। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने यस अघिको परम्परा पनि रही आएको छ।

 

More form the Internet

loading...