Suvadin, Home

अनेक-अनेक साेख
तेह्र लाख तिरेर झारल शिकार !

एउटा झारल शिकार गरेबापत  १३ लाख पाँच हजार राजश्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन्। नाउर शिकारको दर बढीमा आठ लाख ७५ कायम भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन्।
एक पर्यटक।

बागलुङ, चैत ७– ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो शिकार याम सुरु भएको छ। नाउर र झारलको सिकार गर्न विदेशी सिकारी आरक्ष आउन थालेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीन वटा झारल शिकारका लागि अनुमति दिएको छ।

नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्रयाक एन्ड टेल्र्स प्रालिले सिकार खेलाउने छन्। बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा शिकारको दर बढेकोे छ।

एउटा झारल शिकार गरेबापत  १३ लाख पाँच हजार राजश्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन्। नाउर शिकारको दर बढीमा आठ लाख ७५ कायम भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन्।

‘झारल शिकारको दर अहिलेसम्मकै बढी हो,’ उनले भने। महँगो रकम तिरेर झारल शिकार अनुमति लिएका हिमालयन सफारी र ट्रयाक एन्ड ट्रेल्सले यसै साता शिकार खेलाउने तयारी गरेका छन्। हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’ मा एउटा र ट्रेल्सले घुस्तुङ ब्लकमा दुई वटा झारलको सिकार गराउने अधिकृत बरालले बताएका छन्।

विदेशी शिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ। आउँदो वैशाखको दोस्रो सातासम्म शिकार चल्नेछ। शिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन्।


 

More form the Internet

loading...