Suvadin, Home

मलेसियामा हिन्दुले मनाए थाइपुसाम पर्व

मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दुले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडका बीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारलाई मुर्गान भनिन्छ)ले लडार्इ गरेर दानव शत्रुलाई पराजित गरेको सम्झनामा थाइपुसाम पर्व मनाउने गरिन्छ। तमिल हिन्दु धर्मावलम्वी ब्रतालुले हातहतियार, दुध र नरिवलसहितका सामग्रीहरु लिएर खालीखुट्टा २७२ पाइला हिडेर मन्दिरमा जाने गर्दछन्। 

मलेसिया, माघ २७


मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दुले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। 

माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारलाई मुर्गान भनिन्छ)ले लडार्इ गरेर दानव शत्रुलाई पराजित गरेको सम्झनामा थाइपुसाम पर्व मनाउने गरिन्छ। तमिल हिन्दु धर्मावलम्वी ब्रतालुले हातहतियार, दुध र नरिवलसहितका सामग्रीहरु लिएर खालीखुट्टा २७२ पाइला हिडेर मन्दिरमा जाने गर्दछन्। 

थाइपुसामको पूजाका लागि भक्तालुहरुले विशेष तरिकाले दैनिक पूजा गर्ने गर्दछन्, त्यति बेला उनीहरुले एक हप्तासम्म यौन सम्पर्क नगर्ने र साकाहारी खाना खाने गर्दछन्। विशेष माग नभएर  पनि केबल पूजाका लागि मात्रै आएको  थाइपुसम पर्व मनाइरहेकी इया भाल्मुन्दीले `बताइन्। 

मलेसियामा झण्डै तीन करोड १० लाख व्यक्ति मुस्लिम छन्। त्यस बाहेक देशभरीमा झन्डै बीस लाख आदिवासी भारतीयमूलका बासिन्दा छन्। उनीहरु अधिकांश तत्कालिन ब्रिटिश उपनिवेशका शासकले भारतमा शासन गरेका बेला कामदारको रुपमा मलेसिया ल्याइएका भारतीयका सन्तान हुन्। 

भगवान मुरुगानलाई भारतको दक्षिणी क्षेत्रमा र दक्षिणपूर्वी एसियाका तमिलहरुले पूजा गर्ने गर्दछन्। थाइपुसाम पर्व मलेसिया बाहेक भारत र सिङगापुरमा मनाउने गरिन्छ। एएफपी


 

More form the Internet

loading...