Suvadin, Home

दुर्व्यसनी नियन्त्रण गर्न आमाहरूकाे अभियान

यो अभियानले युवालाई दुर्व्यसनीबाट जोगाउने र दुर्व्यसनीको पहिचान तथा रोकथाममा टेवा पुग्ने लक्ष्य लिइएको सहकारीका अध्यक्ष अमर थापाले बताएका छन्। अध्यक्ष थापाका अनुसार यो वर्ष जिल्लाका २० स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ। ‘युवायुवती दुर्व्यसनीमा लाग्दा त्यसको पीडा सबैभन्दा बढी उनीहरुको आमाले भोग्नु पर्ने हुन्छ,’ अध्यक्ष थापाले भने, ‘आमाहरुलाई पहिले सचेत बनाउन सकेमा दुर्व्यसन न्यूनीकरण गर्न सकिन्छ।’ सहकारीले यसका लागि समुदायस्तरमा पुगेर आमाहरुसँग छलफल र अन्तरक्रियालगायत कार्यक्रम गर्ने जनाएको छ।
प्रतिकात्मक तस्विर । स्राेतः एजेन्सी

बागलुङ, फागुन ९– जिल्लामा ‘दुर्व्यसनीविरूद्ध आमाहरु’ अभियान सुरु हुने भएको छ। आदर्श सञ्चार सहकारी संस्थाले लागूपदार्थ दुर्व्यसनका बारेमा सचेतना बढाउन यो अभियान सुरु गर्न लागेको हो।

यो अभियानले युवालाई दुर्व्यसनीबाट जोगाउने र दुर्व्यसनीको पहिचान तथा रोकथाममा टेवा पुग्ने लक्ष्य लिइएको सहकारीका अध्यक्ष अमर थापाले बताएका छन्। अध्यक्ष थापाका अनुसार यो वर्ष जिल्लाका २० स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ।

‘युवायुवती दुर्व्यसनीमा लाग्दा त्यसको पीडा सबैभन्दा बढी उनीहरुको आमाले भोग्नु पर्ने हुन्छ,’ अध्यक्ष थापाले भने, ‘आमाहरुलाई पहिले सचेत बनाउन सकेमा दुर्व्यसन न्यूनीकरण गर्न सकिन्छ।’ सहकारीले यसका लागि समुदायस्तरमा पुगेर आमाहरुसँग छलफल र अन्तरक्रियालगायत कार्यक्रम गर्ने जनाएको छ।

अभियान चलाउन जिल्ला प्रहरी कार्यालय, बागलुङसँग सहकार्य गरिएको छ। नगरपालिकाका ११ वटै वडा र सहकारीका बढी सदस्य भएका पाला, भीमापोखरा, धम्जा, रेश, सिगाना, तित्याङ र रायडाँडा गाविसमा यो अभियान सुरु गरिने योजना छ।


 

More form the Internet

loading...