Suvadin, Home

अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि पुटिनभन्दा पछि
विश्व हल्लाउने भ्लादिमिर पुटिन, जसलाई रुसी नागरिक भगवान मान्छन् (तस्बिरसहित)

विश्व राजनीतिमा शक्तिशाली मुलुक र शक्तिशाली शासकको चर्चा सधैँ हुने गर्छ। संयुक्त राज्य अमेरिका, रुस, चीनजस्ता मुलुकलाई शक्तिशाली मानिन्छ। प्रायः अमेरिकालाई विश्वको शक्तिशाली मुलुकको रुपमा हेरिन्छ।
पुटिन।

काठमाडौं, पुस २४


विश्व राजनीतिमा शक्तिशाली मुलुक र शक्तिशाली शासकको चर्चा सधैँ हुने गर्छ। संयुक्त राज्य अमेरिका, रुस, चीनजस्ता मुलुकलाई शक्तिशाली मानिन्छ। प्रायः अमेरिकालाई विश्वको शक्तिशाली मुलुकको रुपमा हेरिन्छ।

तर, अमेरिकालाई पनि हल्लाइदिने मुलुक रुस र त्यसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरिका राजनीतिज्ञ र युवाका लागि ‘आइडल’ भइसकेका छन्। सन् १९५२ को अक्टोबर ७ तारिखका दिन जन्मिएका भ्लादिमिर भ्लादिमिरोभिच पुटिन वर्तमान राष्ट्रपति हुन्।

उनी सन् २०१२ देखि रुसका राष्ट्रपति छन्। उनी सन् २००० देखि २००८ सम्म रुसका राष्ट्रपति र सन् १९९९ देखि सन् २००० तथा सन् २००८ देखि सन् २०१२ सम्म रुसका प्रधानमन्त्री भएका थिए। उनका बारेमा चर्चित १० वटा किस्सा हामीले पस्केका छौँ।

१, भ्लादिमिर पुटिनको जन्म एउटा आर्थिक रुपमा विपन्न सोभियत परिवारमा भएको थियो। पुटिनको परिवार सेन्ट पिट्र्सवर्गस्थित एउटा अपार्टमेन्टको ब्लकमा अरु तीन परिवारका साथमा बस्दथे। आफ्नो आत्मकथामा उनले लेखेका छन्, ‘बाल्यकालमा मुसा समातेर घर बाहिर छोड्ने काम गर्दथेँ।’

२, पुटिन रूसी मार्शल आर्ट साम्बोका गुरु हुन्। राष्ट्रपति पुटिनका अनुसार जब उनी १८ वर्षका थिए, उनी जुडो सिक्न शुरू गरेका थिए। यसै कारण पुटिन उनीभन्दा साना उमेरका प्रशिक्षार्थीसँग पराजित हुन्थे। तर, उनले केही वर्षमै आफ्नो परिपक्वता साबित गरे।

३. पुटिनको व्यक्तिगत जीवनका बारेमा धेरै जानकारी सार्वजनिक भएको छैन। रूसी मिडियामा कहिल्यै उनको परिवारको फोटो आएन। पुटिनका दुई वटी छोरी छन्, मारिया पुटिन र टेकटरिना पुटिन। उनीहरुको जन्म जर्मनीमा भएको थियो।

४, रूसी राष्ट्रपति पुटिन कुकुर असाध्यै मन पराउँछन्। उनले धेरै प्रजातिका कुकुर पालेका छन्। सन् २००७ को जनवरीमा जब रूस र जर्मनीबीच ऊर्जा सम्झौताका विषयमा जर्मन चान्सलर एञ्जेला मार्केल र पुटिनबीच सम्वाद भयो। सम्वादका क्रममा उनी आफ्नो ब्लाक ल्याब्राडोर लिएर पुगेका थिए। मार्केललाई कुकुरसँग डर लाग्छ भन्ने थाहा थियो। 

५, भ्लादिमिर पुटिनलाई खतरनाक स्टन्टका लागि पनि सम्झना गरिन्छ। सन् २०१० को अगस्तमा पुटिनले रुसको पश्चिमी क्षेत्रमा लागेको आगोबाट कयौं मानिसको उद्धार गरेका थिए। उनले विमानबाट आगो निभाउने काम पनि गरेका थिए।

६, पुटिन संगीतप्रेमी छन्। बिटल्समा पनि उनको विशेष रुची छ।

७, पुटिन जर्मन भाषा फरर बोल्न सक्छन्। उनलाई अंग्रेजी राम्ररी आउँदैन। पुटिनले अंग्रेजीमा राम्ररी बोल्न नसक्ने स्वीकार गरेका थिए।

८, राष्ट्रपति पुटिनको सम्पत्तिका बारेमा पनि कसैलाई जानकारी छैन। तर, ४६ बिलियन डलरको सम्पत्ति रहेको दाबी गरिएको छ। पुटिनसँग २० वटा आलिशान र सुविधा सम्पन्न महल छन्। 

९, पुटिनकी हजुरआमा रूसका तत्कालिन रुसी प्रधानमन्त्री भ्लादिमिर लेनिनकहाँ घरेलु कामदार थिइन्।

१०, ‘सुपर पुटिन’ नामक अनलाइन पनि सुरु भएको छ। जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सुपर हिरोको रुपमा व्याख्या गरिएको छ। पुटिन रुसमा आंतकवादलाई निर्मूल पार्न कटिबद्ध छन्।


 

More form the Internet

loading...