Suvadin, Home

‘चप्पलवाज’ सांसदलाई हवाई यात्रामै रोक !

एयर इण्डियाका कर्मचारीलाई चप्पल प्रहार गर्ने शिवसेनाका सांसद रवीन्द्र गायकवाडलाई हवाई यात्रामा रोक लगाइएको छ। भारतका विभिन्न एयरलाइन्स कम्पनीहरुले कर्मचारी दुर्व्यवहारविरुद्धको यो घटनामा कडा कदम उठाएका हुन्। सांसद गायकवाडले पुनेदेखि दिल्लीको एउटा यात्रामा कर्मचारीलाई चप्पलले हिर्काएको र उनलाई जहाजबाटै बाहिर फ्याक्न लागेको आरोप छ।
सांसद नायकवाड

काठमाडौं, चैत ११ – एयर इण्डियाका कर्मचारीलाई चप्पल प्रहार गर्ने शिवसेनाका सांसद रवीन्द्र गायकवाडलाई हवाई यात्रामा रोक लगाइएको छ। भारतका विभिन्न एयरलाइन्स कम्पनीहरुले कर्मचारी दुर्व्यवहारविरुद्धको यो घटनामा कडा कदम उठाएका हुन्।

सांसद गायकवाडले पुनेदेखि दिल्लीको एउटा यात्रामा कर्मचारीलाई चप्पलले हिर्काएको र उनलाई जहाजबाटै बाहिर फ्याक्न लागेको आरोप छ। एयर इण्डिया लगायत अन्य निजी हवाई कम्पनीहरुले उनलाई जहाज यात्रामा रोक लगाउने निर्णय गरेको शुक्रवार नवभारत टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ।

एयर इण्डियाले उनको शुक्रवारको दिल्ली–पुने टिकट पनि रद्ध गरेको जनाएको छ। कर्मचारी हातपात मुद्दामा यी सांसदले माफी माग्न इन्कार गरेका थिए। निजी एयर लाइन्स कम्पनीहरुको साझा संस्था एफआइएले यो घटना निन्दनीय भएको जनाएको छ। सांसद गायकवाडविरुद्ध कुटपिट र हवाई उडान प्रभावित गरेको भन्दै दुई वटा मुद्धा दर्ता गरिएका छन्। 


 

More form the Internet

loading...