Suvadin, Home

‘पूर्वीय दर्शनको वैज्ञानिक खोज बढ्दै’

दर्शनशास्त्री गोपीरमण उपाध्यायद्वारा लिखित ‘प्राकृतिक भौतिकवाद भाग १ र २’, ‘पूर्वीय भौतिकवाद’, ‘षड्दर्शन सम्युज्ञ’ र ‘बौद्ध दर्शन’ शीर्षक कृति शुक्रबार सार्वजनिक भएको छ।
नेकपा (एमाले) पार्टी स्कूल विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको दार्शनिक ग्रन्थहरुको लोकापर्ण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत। रासस

काठमाडौं, पुस १५


दर्शनशास्त्री गोपीरमण उपाध्यायद्वारा लिखित ‘प्राकृतिक भौतिकवाद भाग १ र २’, ‘पूर्वीय भौतिकवाद’, ‘षड्दर्शन सम्युज्ञ’ र ‘बौद्ध दर्शन’ शीर्षक कृति शुक्रबार सार्वजनिक भएको छ।

एमाले केन्द्रीय पार्टी स्कुल विभागले यहाँ आयोजना गरेको ‘दार्शनिक ग्रन्थहरुको लोकार्पण’ कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वीय दर्शनबारे चेतनाको वृद्धिसँगै वैज्ञानिक खोज पनि बढ्दै गएको बताए।

पूर्वप्रधानमन्त्री ओलीले दक्षिण एसियामा पूर्वीय दर्शनको विकास भएको र भविष्यमा पनि यसको बहस तीव्र रुपमा चलिरहने विचार व्यक्त गरे।

कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियामा अध्यात्म दर्शनको राम्रो विकास भएको र पुस्तकले राम्रोसँग अध्यात्म दर्शनका बारेमा उल्लेख गरेको बताए। रासस

 

More form the Internet

loading...