Suvadin, Home

लोकमानको मुद्दामा जवाफी बहस सुरू

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वाेच्च अदालतमा परेको योग्यता सम्बन्धी रिटमा अाइतबार रिट निवेदकका तर्फबाट जवाफी बहस सुरू भएको छ।
लोकमानसिंह कार्की।

काठमाडौं पुस २४


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वाेच्च अदालतमा परेको योग्यता सम्बन्धी रिटमा अाइतबार रिट निवेदकका तर्फबाट जवाफी बहस सुरू भएको छ। 

उक्त रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस सुरू भएको हो। रिट निवेदकका तर्फबाट शम्भु थापा, सुरेन्द्र भण्डारी लगायतका वकिलहरूले बहस गरिरहेका छन्। 

शुक्रबार ११ बजेदेखि सुरू बहसमा कार्की पक्षका वकिलले तीन घण्टा बहस गरेका थिए। बिहीबारदेखि जारी बहसमा कार्की पक्षका वकिलका लागि शुक्रबार जम्मा ३० मिनेटको समय  सर्वाेच्चले छुट्याएको थियो।

कार्की पक्षका बहस शुक्रबार लम्बिएकाले सुनुवार्इ ‘हेर्दाहेर्दै’को सूचीमा राखी आइतबार सोही रिट माथिको बहसलाई पुनः निरन्तरता दिइएको हो। यस अगाडि रिट निवेदकका तर्फबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भणडारी, डा. चन्द्रकान्त ज्ञवालीलगायत एक दर्जनले बहस गरिसकेका छन्।

कात्तिक ५ मा अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै कार्कीविरूद्ध रिट दायर गरेका थिए। उनीमाथि विभिन्न चार आरोप लगाइएको छ। 


 

More form the Internet

loading...