Suvadin, Home

'लुट २' काे ट्रेलर सार्वजनिक

loot 2

काठमाडाैं, पुस २२


२०१७काे  प्रतिक्षित चलचित्र,'लुट-२' काे ट्रेलर सार्वजनिक गरिएकाे छ। बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै 'लुट-२'काे  ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र,'लुट-२' चार वर्ष अगाडि रिलिज भएको ‘लुट’ चलचित्रको दाेस्राे भाग हाे। ‘लुट’बाट नेपाली सिनेमामा परिर्वतन ल्याएका निर्देशक निश्चल बस्नेतनै 'लुट २' काे  निर्देशन गरेका छन्। 'लुट-२' का लागि याे वर्ष छक्का पन्जा’काे रेकर्ड ब्रेक गर्ने चुनाैती रहेकाे छ।

चलचित्रका निर्माता माधव वाग्ले यसपटक चलचित्रको व्यापारमा बढी केन्द्रित देखिएका छन्। उनकाे  योजना  छक्का पन्जा’को व्यापारलाई ताेड्ने रहेको छ। वाग्ले भन्छन्, 'छक्का पन्जाले १६ करोड कमायो भने यसले १७ करोड कमाउनुपर्छ।’  

'लुट-२' मा ‘हाकु काले’लाई खोज्दै जेलबाट निस्किएका युवाहरूको कथामा चलचित्र बनेको बताउँछन् वाग्ले। लुटमा हाकु कालेबाट धाेका पाएका केटाहरूकाे बदलामा फिल्म  केन्द्रित रहेकाे छ।  

ट्रेलरमा ‘हाकु काले’ अर्थात् सौगात मल्ल साथमा दयाहाङ राई, कर्मा लगायतका कलाकार फोकसमा छन्। यो चलचित्रमा सौगात, दया, कर्मा, ऋचा शर्मा, विपीन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशीलराज पाण्डे, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका छ।

दुई अर्थ लाग्ने शब्द केही कम भएकाे बताउँछन्, निर्देशक बस्नेत। उनी भनछन्,‘यसपटक सेन्सरमा यस्ता सबै शब्द म्यूट गरेर एडल्ट सर्टिफिकेट लिएर आउने पक्षमा म छैन।’

दुर्इ महिना अगाडि रिलिज गीत ठमेल बजारकाे भ्यू, यु ट्युब मा पचास लाख कटेकाे छ। फिल्म फागुन १३ गते रिलिज हुने छ।

 

More form the Internet

loading...