Suvadin, Home

लुट-२ काे कीर्तिमान, दुर्इ दिनमा चार लाखले ट्रेलर हेरे

निश्चल बस्नेतले निर्देशन गरेकाे लुट-२,२०६९मा रिलिज 'लुट' काे सिक्वेल हाे। चार वर्षअघि प्रर्दशनमा अाएकाे लुटले नेपाली सिनेमामा अावश्यक फिल्मी परिवर्तन ल्यायाे। जहाँ हल सञ्चालकहरू नेपाली फिल्म चलाउन हिचकिचाउँथे अहिले नेपाली फिल्म मल्टिपेल्क्समा हाउसफुल हन्छन्।
Loot-2

काठमाडाैं,पुस २३


लुट-२ काे अफिसियल ट्रेलरले कीर्तिमान बनाएकाे छ। पुस २१ गते  रिलिज ट्रेलरकाे भ्यू युट्युबमा चार लाख कटेकाे छ। नेपाली चलचित्रका लागि याे ठूलाे उपलब्धि हाे। अहिलेसम्म कुनै नेपाली चलचित्र यस्ताे कीर्तिमान बनाउन सफल छैन।

निश्चल बस्नेतले निर्देशन गरेकाे लुट-२,२०६९मा रिलिज 'लुट' काे सिक्वेल हाे। चार वर्षअघि प्रर्दशनमा अाएकाे लुटले नेपाली सिनेमामा अावश्यक फिल्मी परिवर्तन ल्यायाे। जहाँ हल सञ्चालकहरू नेपाली फिल्म चलाउन हिचकिचाउँथे अहिले नेपाली फिल्म मल्टिपेल्क्समा हाउसफुल हन्छन्।

यसकाे अर्थ हुन्छ, नेपाली चलचित्र राम्राे बने दर्शककाे कमी छैन। पहिले नेपाली फिल्म स्टारडमले चल्थ्याे भने अहिले फिल्मकाे कहानी,कलाकारकाे मिहेनतले चल्छ। समयकाे मागअनुसार अाएकाे चलचित्र लुटले नेपाली दर्शककाे संख्यामा उल्लेखनीय बृद्धि ल्याएकाे छ।

पैसा कमाउने रहर तर विभिन्न परिस्थितिकाे शिकारमा फसेका केटाहरूकाे प्रयाेग गरेर फिल्मका पात्र हाकु कालेले बैँक लुटने याेजना बनाउँछ। बैँक लुटिन्छ तर हाकु कालेले केटाहरूलार्इ धाेका दिन्छ,उनीहरू फस्छन्, जेल पर्छन्। याे  लुटकाे कहानी हाे। यही कथालार्इ निरन्तरता दिँदै, लुट-२ ट्रेलर अनुसार केटाहरू जेलबाट बाहिरिन्छन् र हाकु कालेलार्इ खाेज्छन्। उनीहरू बदला चाहन्छन्। साथै पछिल्लाे समय  देशमा भएका समस्याहरूलार्इ समेत लुट-२ ले उठान गरेकाे छ।

यसैले, सुपरहिट फिल्म लुटकाे सिक्वेल लुट-२ त्यसैले पनि २०७३ काे प्रतिक्षित फिल्म हाे। यो चलचित्रमा सौगात मल्ल, दयाहाङ रार्इ , कर्मा शाक्य, ऋचा शर्मा, विपीन कार्की, कामेश्वर चौरासिया, सिर्जना सुब्बा, सुशीलराज पाण्डे, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका छ।

माधव वाग्ले र नरेन्द्र महर्जनकाे लगानिमा निर्माण गरिएकाे चलचित्र लुट-२ फागुन १३ गते देशभर रिलिज हुने छ।   

 

 

 

More form the Internet

loading...