Suvadin, Home
नायिका ऋचा शर्माकाे मकर सक्रान्तीकाे अनुभव वेग्लै छ। ऋचाकाे घर सुदूरपश्चिम धनगढी हाे। सुदूरपश्चिमसमा बसाेबास गर्ने थारू समुदायले हर्षाेउल्लासका साथ यस चाड मनाउने गर्छन्। बाल्यकालमा मेरा पनि थुप्रै थारू समुदायका साथीहरू थिए, ऋचाले सम्झिइन् ‘म पनि उहाँहरूकाे समुदायसँग याे चाडमा रमाउने गर्थें।’
कलाकारहरू।

काठमाडाैं,माघ १


अाज माघ एक गते, मकर सक्रान्ती मुलुक भर तीलकाे लडडु,चाकु,तरूल,सख्खरखण्ड, पिडालु,खिचडी खाएर मनाइँदै छ। सबै नेपालीले मनाउने याे पर्व मधेशमा भने मैथिल र थारु समुदायहरु बडो सद्भावका साथ  मनाउने गरिन्छ। थारु समुदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाइन्छ। आजकै दिन किराँत वंशले काठमाडाैं उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई सम्वतमा रुपमा किराँत सम्वत सुरू भएको मानिन्छ। थारु समुदायमा पुस महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि छ। यसरी काटिएको सुँगुरको मासु सामूहिक रुपमा धमार गीत गाँउदै रमाइलो गर्दै भोज खाने अनि जाग्राम बस्ने चलन छ।

यस्तै नेपाली सेलेब्रेटीहरू कसरी मकर सक्रान्ती मनाउँदैछन् भनेर केही सेलेब्रेटीसँग शुभिदनले गरेकाे कुराकानी यस्ताे छ।

ऋचा शर्मा

नायिका ऋचा शर्माकाे मकर सक्रान्तीकाे अनुभव वेग्लै छ। ऋचाकाे घर सुदूरपश्चिम धनगढी हाे। सुदूरपश्चिमसमा बसाेबास गर्ने थारू समुदायले हर्षाेउल्लासका साथ यस चाड मनाउने गर्छन्। बाल्यकालमा मेरा पनि थुप्रै थारू समुदायका साथीहरू थिए, ऋचाले सम्झिइन् ‘म पनि उहाँहरूकाे समुदायसँग याे चाडमा रमाउने गर्थें।’

माघीमा पकाइने परिकारहरूबारे भने ऋचा विज्ञ नै रहिछिन्। उनी भन्छिन्, ‘परिवारमा चाकु, तिलकाे लडडु बनाउने भाग मेराे नै हाे र मलार्इ नि बनाउन रमाइलाे लाग्छ। काठमाडाैंमा अाएपछि उनकाे अनुभव भने अलिक फरक छ। यता सबैजना निकै व्यस्त रहने भएकाले पनि हाेला चाडलार्इ पनि मानिसहरूले व्यावसायिक बनाएकाे उनकाे अनुभव छ। ‘काेहीले केही काम भए पनि सम्झन्छन्, हैन भने कसैलार्इ मतलब नै हुँदैन,’ उनले भनिन्, ‘चाडवाडमा रमाइलाे गर्ने फुर्सद सायदै कमलार्इ मात्रै हुन्छ सहरमा।’  

केकी अधिकारी

अर्की नायिका केकी अधिकारीलार्इ उनकाे भर्खरै रिलिज भएकाे फिल्म लभ शाशाकाे प्रवर्द्धनमा व्यस्त छिन्। ‘कहिले हाे र माघे सक्रान्ती?’ उनलार्इ माघे सक्रान्तीबारे थाहै रहेनछ। बिहीबारदेखि फिल्म रिलिज भएर हाेला, उनलार्इ माघे सक्रान्तीकाे भन्दा पनि अाफ्नाे फिल्मकाे बढी चिन्ता देखियाे।

माघे सन्कान्तीको मामलामा भने केकीसँग बाल्यकालका खासै केही अनुभवहरू रहेनछन्। उनी भन्छिन्, ‘सानाेमा सबै जसरी बिहान नुवाइधुवार्इ गरेर विभिन्न परिकार खाएर मनाइयाे तर अहिले अाएर भने कामकाे व्यस्ताताले त्यति मनाउन पाइँदैन। माघिमा परिकार पकाउने काममा भने उनी अलि पछि रहिछिन्। अाफूले माघीमा बनाइने चाकु, लड्डु अाजसम्म नबनाएकाे तर किनेर चाहिँ खाने गरेकाे उनी बताउँछन्। 

गाैरब पहारी

युवा अभिनेता गाैरब पहारी भने हाल अाफ्नाे नयाँ प्राेजेक्ट फिल्ममा व्यस्त रहेछन्। ‘मैले अाफ्नै हाेम प्राेडक्सनमा नयाँ फिल्मकाे निर्माण गर्दैछु,’ उनले भने, ‘तर, नाम भनेपछि सार्वजनिक गरिनेछ। गाैरबले माघे सक्रान्ती काठमाडाैंमै बसेर परिवारसँग मनाउने बताए। मलार्इ माघिका परिकारहरूमध्ये तिलकाे लडडुभन्दा पनि भुजाकाे लड्डु खुब मनपर्छ गाैरबले भने, ‘अलिअलि त अाँट्याे भने म नि बनाउछु हाेला।’ गाैरबले सानाे छँदा माघी मजाले मनाएकाे सम्झिँदै सबैलार्इ शुभकामना दिएका छन्।

बुद्धि तामाङ

हास्य अभिनेता, बुद्धि तामाङ अाफ्नाे ‘हैट’ थाेगाेका कारण निकै चर्चित छन्। उनले अभिनय गरेकाे पछिल्लाे फिल्म छक्कापञ्जाकाे व्यापारिक सफलताले उनीलार्इ नहाैस्याउने त कुरै भएन। अाजकाल फुर्सदमा रहेका बुद्धि  माघी अाफ्नाे परिवारसँग मनाउने बताए। उनले सबै नेपालीलार्इ माघे सन्क्रान्तीकाे शुभकामना दिएका छन्।


 

More form the Internet

loading...