Suvadin, Home

इब्राहिमोविचले फर्काएकाे खुसी

इङग्लिस प्रिमियर लिगका फ्यानहरूका लागि म्यानचेस्टर युनाइटेड र लिभरपुल सधै ‘हटकेक’ बन्ने गर्छन्। फ्यानहरू यतिसम्म गर्छन कि, अाफ्नाे टीमकाे नतिजा राम्राे नअाउँदा अर्काे टिमका समर्थकसँग जाइलाग्न समेत पछि पर्दैनन्। जुन अाफ्नाे टिमप्रति अति अाशा गर्नु र टीमले निराशा दिनुकाे परिणाम स्वरूप निस्कन्छ।
बराबरी गाेल गरेपछि खुसी मनाउँदै इब्राहिमाेविच।

काठमाडाैं, माघ ३


इङग्लिस प्रिमियर लिगका फ्यानहरूका लागि म्यानचेस्टर युनाइटेड र लिभरपुल सधै ‘हटकेक’ बन्ने गर्छन्। फ्यानहरू यतिसम्म गर्छन कि, अाफ्नाे टीमकाे नतिजा राम्राे नअाउँदा अर्काे टिमका समर्थकसँग जाइलाग्न समेत पछि पर्दैनन्। जुन अाफ्नाे टिमप्रति अति अाशा गर्नु र टीमले निराशा दिनुकाे परिणाम स्वरूप निस्कन्छ।

तर, अाइतबार भने त्यसाे हुन पाएन, यस सिजनमा खासै प्रभावकारी नदेखिएकाे म्यानचेस्टर युनाइटेड अाफ्नै घरेलु मैदान वल्ड ट्राफोर्डमा लिभरपुलकाे सामना गर्दैथियाे। पहिलाे हाफकाे मध्यतिर घरेलु टाेलीमाथि लिभरपुलले अग्रता लिएपछि निराश बनेका युनाइटेडका समर्थकलार्इ जाल्टन इब्राहिमोविचले अन्तिम मिनेटमा खुसी दिलाए। 

इब्राहिमोविचले खेल सकिन ६ मिनेट मात्र बाकीं रहदा १-० ले पछि परेकाे युनाइटेडलार्इ बराबरीमा ल्याउँदै निराश घरेलु दर्शकलार्इ खुशी तुल्याएका थिए। त्यसअघि पहिलाे हाफमा २७ अाैं मिनेटमा पाएकाे पनाल्टीलार्इ जेम्स मिल्नरले गाेलमा परिणत गरेपछि लिभरपुलले अग्रता लिएकाे थियाे।  

बराबरीपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ र शीर्ष स्थानको चेल्सी भन्दा सात अंकले पछि छ । छैटौं स्थानको युनाइटेडको ४० अंक छ। 


 

More form the Internet

loading...