Suvadin, Home

राजधानीमा मेट्रो रेलको सम्भाव्यता अध्ययन अघि बढ्यो

लगानी बोर्डले उपत्यकामा सञ्चालनमा ल्याइने मेट्रो रेलवे आयोजनाको सम्भाव्यता अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समिति गठन भएको हो। आइतबार बसेको लगानी बोर्ड बैठकले उपत्यकामा मेट्रो रेलवे आयोजना सञ्चालनका लागि सरकारले गर्न सक्ने वित्तीय व्यवस्थापनका बारेमा तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको छ।

काठमाडाैं, पुस २४


लगानी बोर्डले उपत्यकामा सञ्चालनमा ल्याइने मेट्रो रेलवे आयोजनाको सम्भाव्यता अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समिति गठन भएको हो।

आइतबार बसेको लगानी बोर्ड बैठकले उपत्यकामा मेट्रो रेलवे आयोजना सञ्चालनका लागि सरकारले गर्न सक्ने वित्तीय व्यवस्थापनका बारेमा तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको छ। यसअघि गठित समितिले दिएको प्रतिवेदनमा रेलवे सेवा आयोजनाको लागत महंगो भएको भन्दै बोर्डले त्यसमा सरकारले दिन सक्ने सहुलियत खुलाउने गरी सुझाव दिन समिति गठन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका छन्।

समितिमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य रहने छन्। बैठकले आयोजना सुरू गर्दा लाग्ने कुल लागतको शून्य दशमलव दुई प्रतिशत लागतको ३० प्रतिशत शुल्क आयोजना सुरू हुनअघि नै तिर्नुपर्ने व्यवस्थालाई स्थगित गरेको छ। शुल्क निर्धारण गर्नुअघि नै प्रस्ताव पेश भएका आयोजना अघि बढाउन लागत शुल्क बाधक भएको भन्दै बोर्डले तत्कालका लागि शुल्क तिर्नुपर्ने व्यवस्था स्थगित गर्नु परेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

यस्तै, बैठकले प्रोजेक्ट बैंक स्थापना गर्न तयार भएका आयोजनाहरुको लागतलाई अन्तिम रुप दिने निर्णय समेत गरेको छ। बैठकले माथिल्लो कर्णाली र तामाकोशी तेस्रो आयोजनाको वित्तीय व्यवस्थापनका लागि एक वर्ष म्याद थप गरेको छ।


 

More form the Internet

loading...