Suvadin, Home
साढे तीन हजार एमएएच रहेको दुई वटा ब्याट्री भएको सुविधासम्पन्न स्मार्टफोन छिट्टै बजारमा आउने भएको छ। याे स्मार्टफोनमा करिब २६ घण्टासम्म लगातार भिडियो हेर्न सकिन्छ।

काठमाडाैं, पुस २०


तपाईंको मोबाइलमा चार्ज कति घण्टा थाम्छ? वा फुल चार्ज गर्नेवित्तिकै सकिएर हैरान हुनुहुन्छ? यदि त्यस्तो समस्याबाट ग्रस्त हुनुहुन्छ भने अब तपाईंको समस्याको समाधान एउटा नयाँ प्रविधिले गर्दैछ।

साढे तीन हजार एमएएच रहेको दुई वटा ब्याट्री भएको सुविधासम्पन्न स्मार्टफोन छिट्टै बजारमा आउने भएको छ। डिजटल ट्रेड्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘जिओनी कम्पनीले यस्तो स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको छ।

सात हजार एमएएच ब्याट्री रहने यो स्मार्टफोनमा करिब २६ घण्टासम्म लगातार भिडियो हेर्न सकिन्छ। र, स्ट्यान्डबाईको समय पनि २८ घण्टा निर्धारण गर्ने तयारी कम्पनीले गरेको छ। यस्तो ब्याट्रीलाई चार्ज गर्न धेरै समय पनि लाग्दैन। स्मार्टफोनको सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ। बजारमा पाइने कुनै पनि स्मार्टफोनभन्दा ठूलो हुन्छ।


 

More form the Internet

loading...