Suvadin, Home

‘डाँका आउनैवित्तिकै बोेलायौं, हत्या भएको एक घन्टापछि प्रहरी आयो’

मोरङको सुन्दरदुलारी नगरपालिकास्थित बाँसबारीमा रहेको कृष्ण पेट्रोल पम्प लुटपाटको क्रममा आइतबार राति डाँकाहरूको समूहले एक जना सर्वसाधारणको हत्या गरेका छन्। डाँकाहरूले आक्रमण गर्दा स्थानीय धनबहादुर गुरुङको हत्या भएको हो। डाँका आएर गाउँलेलाई कुटपिट गर्दासम्म प्रहरीले बेवास्ता गरेको बिरोधमा स्थानीय आन्दोलनमा निस्किएका छन्।
डाँकाले सर्वसाधारणको हत्या गरेपछि सडकमा निस्किएर स्थानीयले टायर बालेका छन्। तस्बिर : ध्रुब/शुभदिन

ध्रुब ढकाल सुनसरी, पुस १८


मोरङको सुन्दरदुलारी नगरपालिकास्थित बाँसबारीमा रहेको कृष्ण पेट्रोल पम्प लुटपाटको क्रममा आइतबार राति डाँकाहरूको समूहले एक जना सर्वसाधारणको हत्या गरेका छन्।
डाँकाहरूले आक्रमण गर्दा स्थानीय धनबहादुर गुरुङको हत्या भएको हो। डाँका आएर गाउँलेलाई कुटपिट गर्दासम्म प्रहरीले बेवास्ता गरेको बिरोधमा स्थानीय आन्दोलनमा निस्किएका छन्।

डाँका आएको बखत पटक–पटक प्रहरीलाई खब गर्दा पनि नआएको भन्दै स्थानीयले सोमबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरेका छन्।
आइतबार राति करिब १२ बजेतिर कृष्ण आयर्स टे«डर्समा डाँकाहरू आएर ढोका खोल भन्दै तोडफोड गरेका थिए। पम्पमा बसेका पुष्प सिग्देललाई ‘ढोका खोल नत्र मारिदिन्छौं’ भनेपछि उनले हतार–हतार छतमा गएर प्रहरीलाई फोन गरेका थिए र गुहार–गुहार भन्दै हाफमालेर गाउँले गुहारेका थिए।

त्यसपछि गाउँलेहरू पम्पसम्म आएपछि डाँका समूहले गाउँलेलाई कुटपिट गरेको थियो। सिग्देलले प्रहरीलाई खबर गरे पनि झन्डै एक घण्टासम्म प्रहरी नआएको स्थानीयले बताए।

‘पछि गाउँलेले जसोतसो डाकाहरूको समूहलाई खेदाउन सफल भए, त्यसक्रममा एक जना डाका नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे,’ सिग्देलले शुभदिनसँग भने, ‘त्यसपछि प्रहरीलाई पुनः खबर गरे, तर प्रहरीले कानुन हातमा लिएको भन्दै स्थानीयलाई नै धरपकड गर्न खोजे।’

गाउँलेले शान्तिसुरक्षा नभएको भन्दै सोमबार बिहानैबाट चक्काजाम गरेका हुन्। गाउँलेले ‘प्रहरी मुर्दावाद’ नारा लगाएका छन्। बाईट ः
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर मेगराज थापाले भने राति चाँडै प्रहरी आउन समस्या भएको स्वीकार गरे। यता, सर्वसाधारणले भने थापासँग वार्ता नगर्ने भन्दै आन्दोलन यथावत् राखेका छन्। उनीहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

 


 

More form the Internet

loading...