Suvadin, Home
चितवनस्थित नारायणगढ–मुग्लिङ सडकखण्ड सोमबार साढे १० बजेदेखि बन्द गरिएको छ। सवारीसाधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिइएको हो। सोमबार सडक अनुगमनमा निस्किएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले केही समय सडकमा सवारीसाधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिन निर्देशन दिए।
मुग्लिन-नारायणगढ सडकको जाम।

चितवन, पुस १९


चितवनस्थित नारायणगढ–मुग्लिङ सडकखण्ड सोमबार साढे १० बजेदेखि बन्द गरिएको छ। सवारीसाधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिइएको हो। 

सोमबार सडक अनुगमनमा निस्किएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले केही समय सडकमा सवारीसाधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिन निर्देशन दिए।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी भट्ट,  नारायणगढ मुग्लिङ आयोजनामा प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो। अनुगमनको क्रममा सडकका भएका साना–साना खाल्डाखुल्डी पुरेर  सवारी आवागमन सहज बनाउन पनि प्रमुख जिल्ला अधिकारी भट्टले निर्देशन दिए।

पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तारको काम हुँदै आएकोमा समय अपुग भएको भन्दै अबदेखि साढे १० बजेबाटै सवारीसाधन रोकेर काम सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताएका छन्।

अत्यावश्यक बिरामी बोकेको एम्बुलेन्सबाहेक सबै सवारीसाधनलाई उक्त समयमा सञ्चालन हुन नदिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताएका छन्। प्रहरीले भिआइपीहरुलाई पनि उक्त सयममा नारायणगढ मुग्लिङ सडकखण्डको प्रयोग नगर्न अनुरोध गरेको छ।

अनुगमनकै क्रममा नारायणघाट–मुग्लिन सडकखण्डका आयोजना प्रमुख चन्द्रबहादुर यादवले भूकम्प, त्यसपछिको नाकाबन्दीका कारण सडक विस्तारको काममा ढिलाई भएको प्रष्टीकरण दिएका छन्। आयोजनाले अहिलेसम्म ३४ प्रतिशत सडक विस्तारको काम सम्पन्न भएको जनाएको छ।


 

More form the Internet

loading...