Suvadin, Home

टोयोटा ड्रिम कार आर्ट कन्टेस्टको विजेताको नाम सार्वजनिक

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक योगदानको पहलको रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। सन् २०१६ मा मात्र यस प्रतियोगितामा विभिन्न ८ देशका ८ लाख ५५ हजार विधार्थीहरूको उत्साहजनक सहभागिता थियो । 

काठमाडाैं, फागुन २६ - विश्वप्रसिद्ध जापानिज कम्पनी टोयोटाको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रडर्स सिण्डिकेट प्रा.लि.ले विश्वव्यापी चित्रकला प्रतियोगिता ‘टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट’को बिजेताहरूको नाम यही २३ फागुनमा भाेयथ कम्प्लेक्समा आयोजित कार्यक्रममा सार्वजनिक गरी बिजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको छ।

पाँच महिना लामो उक्त राष्ट्रिय प्रतियोगितामा नेपालभरिका ६ सयभन्दा बढी प्रतियोगीहरूले भाग लिएका थिए। प्रतियोगीहरुमध्ये प्रत्येक विधामातीन उत्कृष्ट प्रतियोगी छानिएका थिए। उनीहरू यस प्रतियोगिताको अन्तर्राष्ट्रिय भागमा सहभागी हुनेछन्। 

यस प्रतियोगिताले संसारभरिका बालबालिकाहरूलाई आफ्नो सिर्जनात्मक क्षमता उजागर गर्दै यातायात क्षत्रको भविष्यको कल्पना आफ्नो सपनाको गाडीको रुपमा उतार्न आमन्त्रण गर्दछ। 

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक योगदानको पहलको रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। सन् २०१६ मा मात्र यस प्रतियोगितामा विभिन्न ८ देशका ८ लाख ५५ हजार विधार्थीहरूको उत्साहजनक सहभागिता थियो । 
 


 

More form the Internet

loading...