Suvadin, Home

बन्धनमा परे सविन र पूर्णिमा

नयाँ वर्ष वैशाख २५ गथे प्रदर्शकाे तयारीमा रहेकाे फिल्म 'बन्धन'काे प्रचारप्रसार सुरु गरिएकाे छ। शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले पोस्टर सार्वजनिक गरेका छ। साथै प्रचारप्रसारलार्इ तीव्रता दिइएकाे छ।
बन्धन फिल्मका विषयमा जानकारी दिन अायाेजित पत्रकार सम्मेलनमा कलाकार र निर्माता ।

काठमाडाैं, फागुन २२ - नयाँ वर्ष वैशाख २५ गथे प्रदर्शकाे तयारीमा रहेकाे फिल्म 'बन्धन'काे प्रचारप्रसार सुरु गरिएकाे छ। शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले पोस्टर सार्वजनिक गरेका छ। साथै प्रचारप्रसारलार्इ तीव्रता दिइएकाे छ।

कार्यक्रममा उपस्थित चलचित्र विकास बाेर्ड अध्यक्ष राजकुमार राई, प्राविधिक संघ अध्यक्ष पुस्कर लामा र मुख्य कलाकारसहितले पोस्टर सार्वजनिक गरेका हुन्। निर्माता शिशिरजय खरेलले निर्माण गरेकाे उक्त फिल्मलार्इ समिर मियाँले निर्देशन गरेका छन्।

फिल्मकाे मुख्य भूमिकामा सविन श्रेष्ठ र पूर्णिमा लामा छन्। कार्यक्रममा निर्माता शिशिरले चैत्रको पहिलो हप्ताबाट ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तीब्रता दिने बताएका छन्।

यसैबीच, डिबी बम्जन प्रस्तुतकर्ता तथा शिशिर नै निर्माता रहने गरी नयाँ फिल्म 'गुलाबी' निर्माण घोषणा गरिएको छ। फिल्मकाे निर्देशन देवकुमार श्रेष्ठले गर्नेछन्।

तर, अरू कलाकार तय गरिएकाे छैन।

 


 

More form the Internet

loading...