Suvadin, Home

कोहलीले अनुष्कालाई भने, ‘तिमी भए सधैं भ्यालेन्टाइन-डे’

धेरैलाई थाहा छ, चर्चित क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा प्रेम सम्बन्धमा छन्। तर, यी दुर्इले आफ्ना व्यक्तिगत सम्बन्धहरु कहिल्यै बाहिर ल्याएनन्। मंगलबार विराट निक्कै रोमान्टिक देखिए।

काठमाडौं, फागुन ४


धेरैलाई थाहा छ, चर्चित क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा प्रेम सम्बन्धमा छन्। तर, यी दुर्इले आफ्ना व्यक्तिगत सम्बन्धहरु कहिल्यै बाहिर ल्याएनन्। मंगलबार विराट निक्कै रोमान्टिक देखिए।

किन नहुन् त। फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन-डेमा बेग्लै मुड हुने नै भयो। उनले बकाइदा अनुष्कालाई प्रेम सन्देश पठाए, त्यो पनि सामाजिक संजालमार्फत। उनले मिठो सन्देश कोरेका छन्। त्यसलाई पोष्ट गरे र अनुष्कालाई ट्याग पनि।

कोहलीले इन्साग्राममा दुवै जनाको तस्विर पोष्ट गरेका हुन्। ‘यदि तिमीले चाहेमा हरेक दिन मेरा लागि भ्यालेन्टाइन-डे दिन हुनेछन्,’ कोहलीले लेखेका छन्। दुवै जना पछिल्लो समयसँगै छन्। फिल्मी कार्यक्रम र क्रिकेट म्याचहरुमा एकअर्कालाई प्रोत्साहित गरिरहेका पनि देखिन्छन्।


 

More form the Internet

loading...