Suvadin, Home

अब सुनिने छैन ‘यु अार माइ लभ’

उमेरले पाँच दशक नाघिसकेकाे उनकाे साे भूमिका यति रूचाइयाे कि तीताे सत्यमा उनलार्इ हेर्न मान्छेहरू बिहीबार पर्खन थाले। त्यतिबेला प्रत्येक बिहीबार तीताे सत्य प्रशारण हुन्थ्याे। तर, अब उनकाे त्याे ‘यु अार माइ लभ’ वाला थेगाे  कहिल्यै सुन्न नपाइने भएकाे छ।
विष्णुभक्त फुयाँल।

 काठमाडाैं,पुस २०


नेपाली टेलिभिजन क्षेत्रमा निकै चर्चित कार्यक्रम थियो तीताे सत्य। तीताे सत्यकाे सफलताकाे राज थियाे, समसामयिक विषयवस्तुमा तीखाे व्यंग्य उसको विशेषता थियो।
 
नेपाली हास्य क्षेत्रका चर्चित स्थापित जाेडीहरू दीपकराज गिरी र दीपाश्री निराैला जाेडीले निर्देशन गरेकाे याे टेलिसिरियलकाे काेर कलाकार नै उनीहरू थिए। तर, कथावस्तुमा मसला थप्ने काम भने सहायक कलाकारहरूले नै गरे। तीताे सत्यलार्इ सफलताकाे सिँढी उकाल्ने दीपक र दीपाका सहयात्रीहरूमध्ये एक थिए - विष्णुभक्त फुयाँल।
 
तीताे सत्यमा उनी दीपाश्री निराैलाकाे बुवाकाे भूमिकामा थिए। तीताे सत्य टिमले उनलार्इ अाधुनिक ‘गेटअप’मा ढाल्दै थेगाे पनि अाधुनिक नै दिएको थियाे ‘यु अार माइ लभ’। अर्थात् तिमी मेरी प्रेमी हाै। फुयाँल यो गीतमा अाधुनिक र्यापरहरूजस्तै पारामा नाच्थे। तरूनी फकाउने प्रयास उनको हुन्थ्यो।
 
उमेरले पाँच दशक नाघिसकेकाे उनकाे साे भूमिका यति रूचाइयाे कि तीताे सत्यमा उनलार्इ हेर्न मान्छेहरू बिहीबार पर्खन थाले। त्यतिबेला प्रत्येक बिहीबार तीताे सत्य प्रशारण हुन्थ्याे। तर, अब उनकाे त्याे ‘यु अार माइ लभ’ वाला थेगाे  कहिल्यै सुन्न नपाइने भएकाे छ।
 
अभिनय गर्दागर्दै उनै हसिला मुहारका कलाकार फुँयालले मंगलबार साँझ धर्ती छाेडेका छन्। काठमाडाैंको राष्ट्रिय नाचघरमा जारी नाटक ‘महर्षी यज्ञ वैलक्य’ अभिनय गर्दागर्दै फुयाँलकाे निधन भएकाे हाे। उक्त नाटकमा फुँयाल राजा जनककाे भूमिकामा अभिनय गर्दैथिए।
 
नाटकमा अभिनय गर्दागर्दै फुयाँल ढलेका थिए। उनकाे निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलाे क्षति पुगेकाे कलाकार दीपकराज गिरीले बताए। अाफ्नाे फेसबुकमा श्रद्धान्जली व्यक्त गर्दै उनले अाफुहरू सधैं उनलार्इ सम्झिरहने बताए।
 
वरिष्ठ रंगकर्मी फुयाँलकाे जन्म  वि.सं. १९९४ मा भक्तपुरको बागेश्वरी भएकाे थियाे। उनले २०१९ सालदेखि नाटक यात्राबाट कलाकारितामा प्रवेश गरेका थिए। यसक्रममा उनले छ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका छन् भने एउटा नाट्य कृति पनि प्रकाशन गरेका छन्। फिल्ममा पनि उनको अभिनय थियो।

 

More form the Internet

loading...