Suvadin, Home

'ब्ल्याक डाइरी'मा भुवन केसीकाे अाक्राेश

नेपालका लाेकप्रिय अभिनेता भुवन केसी अभिनित फिल्म ब्ल्याक डायरीकाे टिजर भिडियाे अाैपचारिक रूपमा सार्वजनिक भएकाे छ। अागामी वर्ष वैशाख २२ गतेबाट प्रदर्शनमा आउने उक्त फिलमकाे टिजर भिडियाे निर्माण टिमले सार्वजनिक गरेकाे हाे।
फिल्म ब्ल्याक डाइरीकाे पाेस्टर।

काठमाडाैं, फागुन २३ - नेपालका लाेकप्रिय अभिनेता भुवन केसी अभिनित फिल्म ब्ल्याक डायरीकाे टिजर भिडियाे अाैपचारिक रूपमा सार्वजनिक भएकाे छ। अागामी वर्ष वैशाख २२ गतेबाट प्रदर्शनमा आउने उक्त फिलमकाे टिजर भिडियाे निर्माण टिमले सार्वजनिक गरेकाे हाे।

सार्वजनिक टिजर भिडियाेमा फिल्मका मुख्य कलाकार भूवनसँगै रमेशसिंह ठकुरी र पूजा भट्ट फिचिरिङ छन्। टिजरमा बाइक स्टन्ट देखाइएकाे छ। नायक भूवन क्राेधित भूमिकामा प्रस्तुत छन्।

क्याट भिजन प्रोडक्सन प्रालिको व्यानरमा निर्माण गरिएको याे फिल्म अहिलेको पुस्तालाई लक्षित गरी निर्माण गरिएको छ। अनाेज अधिकारीले निर्माण गरेकाे उक्त फिल्म सुजन घिमिरेले निर्देशन गरेका छन्। 

शेरबहादुर लामाको छायांकन रहेको ब्ल्याक डायरीमा राजु शाहको नृत्य निर्देशन एवम् शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। यसअघि फिल्म ड्रिम निर्माण गर्दा दिएकाे दस लाख फिर्ता नगरेपछि मुद्दा-मामिला खेपेका उनी तनावमा छन्।

 


 

More form the Internet

loading...