Suvadin, Home

धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रूपैयाँ सहयाेग

पवित्र कर्म गर्नेलार्इ जसले पनि सहयाेग गर्छ। यसकाे पछिल्लाे उदाहरण हाे, धुर्मुस–सुन्तली फाउन्डेसनलार्इ जुटिरहेकाे सहयाेग। महाेत्तरीकाे जलेश्वरबासीले उनीहरूलार्इ मन, बचन र कर्मले सहयाेग गरेका छन्। महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर वस्ती बनाउन खटिएका धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल र कुञ्जना घिमिरेलार्इ सहयाेग प्रदान गर्ने क्रम चलिरहेकाे छ। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अायाेजित एक कार्यक्रमका बीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रूपैयाँ सहयोग गरिएको घिमिरेले बताएकी छिन्। 
निर्माणाधीन मुशहर वस्ती ।

काठमाडाैं, फागुन ४


पवित्र कर्म गर्नेलार्इ जसले पनि सहयाेग गर्छ। यसकाे पछिल्लाे उदाहरण हाे, धुर्मुस–सुन्तली फाउन्डेसनलार्इ जुटिरहेकाे सहयाेग। महाेत्तरीकाे जलेश्वरबासीले उनीहरूलार्इ मन, बचन र कर्मले सहयाेग गरेका छन्।

महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर वस्ती बनाउन खटिएका धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल र कुञ्जना घिमिरेलार्इ सहयाेग प्रदान गर्ने क्रम चलिरहेकाे छ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अायाेजित एक कार्यक्रमका बीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रूपैयाँ सहयोग गरिएको घिमिरेले बताएकी छिन्। 

महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर वस्ती बनाउन रकम अभाव भएपछि उनीहरूलार्इ सहयाेग अाह्वान पनि गरेका थिए। स्थानीयबासीले स्वतःस्फुर्त रकम संकलन गरेर दिएका हुन्। उनीहरूले ८८ हजार रूपैयाँ सहयोग गरेका छन्। 

जलेश्वर उद्योग वाणिज्य संघको सभाहलका आयोजित कार्यक्रममा सामाजिक अगुवाहरूले फाउन्डेसनलाई सहयाेग गरेका हुन्। कार्यक्रममा जलेश्वरस्थित एड्भान्स बोर्डिङ स्कूलका सञ्चालक लवराजा सिंहले ५१ हजार रूपैयाँ प्रदान गरेका छन्।

व्यवसायी सुरेन्द्र साहले ११ हजार रूपैयाँ, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले पाँच हजार पाँच सय रूपैयाँ, नेपाली कांग्रेसका नेता तथा समाजसेवी बजरंग नेपालीले पाँच हजार पाँच सय रूपैयाँ प्रदान गरेका छन्।

स्थानीय व्यापारी फूलबाबु साहले पाँच हजार रूपैयाँ, प्राध्यापक जुगेश्वर साहले पाँच हजार रूपैया तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेलले पाँच हजार रूपैयाँ सहयोग गरेकाे उनले बताएकी छिन्।

जलेश्वरवासीले आगामी दिनमा पनि सहयाेग गर्ने प्रतिवद्धता जाहेर गर्दै कलाकारद्वयकाे प्रशंसा गरेका छन्।


 

More form the Internet

loading...