Suvadin, Home

३१ अाैं जन्मोत्सव मनाइरहेकी दीपिकाको बलिउड यात्रा

पछिल्लाे समय बलिउडमा लगातार हिट फिल्म दिएकी बलिउड सुपरस्टार दिपिका पदुकाेण बिहीबार अाफ्नाे ३१ अाैं जन्मदिन मनाउँदैछिन्। दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएकाे हाे। बलिउडमा हिट फिल्म दिएकी दिपिका अब हलिउड फिल्ममा देखिने भएकी छिन्। 
दीपिका

काठमाडाैं, पुस २१


पछिल्लाे समय बलिउडमा लगातार हिट फिल्म दिएकी बलिउड सुपरस्टार दिपिका पदुकाेण बिहीबार अाफ्नाे ३१ अाैं जन्मदिन मनाउँदैछिन्। दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएकाे हाे। बलिउडमा हिट फिल्म दिएकी दिपिका अब हलिउड फिल्ममा देखिने भएकी छिन्। 

सन् २००६मा फराहा खानकाे फिल्म, ‘अाेम शान्ति अाेम’बाट बलिउडमा डेब्यु गरेकि पदुकाेण उत फिल्मबाट राताैंरात चर्चित भइन्। ‘अाेम शान्ति अाेम’मा उनि बलिउडका किङ खान शाहरूख खानकाे अाेपाेसिटमा देखिइन्। डेब्यु फिल्म हिट भए पनि, बच्ना ए हसिनाे, बिल्लु,चाँदनी चाेक टु चाइना, ब्रेक के वाद जस्ता केही फिल्म फ्लप भए। फ्लप फिल्मका कारण  बलिउड करियर अाेरालाे लाग्दै थियाे, तर दिपिकाले फिल्म ककटेलबाट पहिलेकै स्टारडम पाउन सफल भइन्।

फिल्म बच्ना ए हसिनाेबाट अभिनेता रणवीर कपुरसँग प्रेमसम्बन्ध रहेकाे दिपिकालार्इ रणवीरबाट धाेका भयाे। यसका कारण उनि डिप्रेनकाे सिकार बन्न पुगिन्।

फिल्म ककटेलपश्चात दिपिकाले एक पछि एक हिट फिल्म दिइन्। बलिउड हुँदै हलिउडकाे यात्रा गरेकी दिपिका हलिउडका चर्चित एक्सन हिराे भिन डिजेलसँग फिल्म, 'xxx-दि रिर्टन अफ जेन्डार केज’मा देखिने भएकी छन्। फिल्म जेनवरी १४ मा इन्डिया मा रिलिज हुनेछ।

 हलिउड पुग्दासम्म बलिउडकाे यात्रा कस्ताे रह्याे?

सन् २००६मा फराहा खानकाे फिल्म, ‘अाेम शान्ति अाेम’बाट बलिउडमा डेब्यु गरेकी पदुकाेणले साे फिल्मबाट धेरै प्रशंसा बटुलिन्। अाेम शान्ति अाेमबाट उनले बेष्ट नव अभिनेत्रीकाे अवार्ड पाइन्। त्यसपछि धेरै फिल्मकाे अफर पाइन् दिपिकाले। अाेम शान्ति अाेमपश्चचात यस राज बेनरकाे फिल्म बच्ना ए हसिनाेमा रणवीरकपुर सँग राेमान्स गर्दैै देखिइन् दिपिका। फिल्मकाे व्यापार राम्राे भयाे तर दिपिकाकाे अभिनय राम्राे भएन। समालाेचकहरूले दिपिकाकाे अभिनयबारे विभिन्न टिप्पणी गरे।

‘बच्ना ए हसिनाेपश्चात, बिल्लु,चाँदनी चाेक टु चाइना, ब्रेक के बाद, कात्तिक कलिङजस्ता फिल्म  फ्लप भए। २००९ मा रिलिज लभ अाजकल  भने हिट भयाे। समालाेचककाे नकरात्मक कमेन्ट झेलिरहेकी दिपिकाले लभ अाजकलबाट अाफ्नाे क्षमता पुष्टि गरिन्।

दिपिकाकाे टर्निङ पाेइन्ट

धेरै फिल्ममा अभिनय गरे पनि दिपिकाकाे लागि  टर्निङ पाेइन्ट फिल्म भयाे २०१२ मा रिलिज, ककटेल। ककटेलमा बाेल्ड भूमिकामा देखिएकी दिपिकाकाे  कामकाे समलाेचकहरूले खुलेर  प्रशंसा गरे। ककटेल पछि २०१६ मा अाइपुग्दा उनले रेस-२, ये जवानी हे दिवानी, चेन्नर्इ एक्सप्रेस, राम लिला, पिकु, बाजिराउ मस्तानीजस्ता हिट फिल्म दिएर अाफूलार्इ सुपरस्टारकाे उपाधि दिएकी छिन् । 

लभ कन्ट्राेभर्सी

२००८मा फिल्म बच्ना ए  हसिनाेबाट नजिक भएका रणवीर कपुर र दिपिकाकाे प्रेम सम्बन्ध एक वर्षपछि टुट्याे। दिपिकाले  घाटीमा रणवीरकाे नामकाे ट्याटु खाेपेकी छन्। एउटा अन्तर्वार्तामा प्रेम सम्बन्ध टुट्नुकाे कारण रणवीर कपुरले धाेका दिएकाे बताएकी छिन् दिपिकाले।

रणवीर कपुरपछि दिपिकाकाे नाम सिदार्थ मालियासँग जाेडियाे। तर, सिदार्थ मालिया साथीमात्र भएकाे बताइन्  दिपिकाले। अहिले दिपिकाकाे नाम रणवीर सिंहसँग जाेडिएर अाउने भए पनि दुबै कलाकारले सम्बन्धका बारे खुलाएका छैनन्। 

हलिउड फिल्म

हलिउडका एक्सन हिराे भिन डिजेलसँग छायांकन फिल्म, 'xxx-दि रिर्टन अफ जेन्डार केज' जनवरी १४ मा रिलिज हुँदै छ। फिल्म इन्डियामा रिलिज हुने छ। हलिउड फिल्मपश्चात दिपिकालार्इ अन्तर्राष्ट्रिय पहिचान मिलेकाे छ।


 

More form the Internet

loading...