Suvadin, Home

ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला

ड्रग्ससँग  जाेडिएर बलिउड सेलेब्रिटीका नाम, घटनाहरू मिडियमा अाइराख्छन्। तर,याेपटक भने ड्रग्स र  बलिउड सेलेब्रिटीबीच अनाैठाे रहस्य बाहिर अाएकाे छ। यसपटक ड्रग्ससँग बलिउड सेलेब्रिटी अालिया भट्ट, सलमान खान, रणीर सिंहजस्ता कलाकारकाे नाम जाेडिएकाे छ।
katrina kaif,kangna Ranaut, salman khan ,Ranbir Kapoor

काठमाडाैं, पुस २०


ड्रग्ससँग  जाेडिएर बलिउड सेलेब्रिटीका नाम, घटनाहरू मिडियमा अाइराख्छन्। तर,याेपटक भने ड्रग्स र  बलिउड सेलेब्रिटीबीच अनाैठाे रहस्य बाहिर अाएकाे छ। यसपटक ड्रग्ससँग बलिउड सेलेब्रिटी अालिया भट्ट, सलमान खान, रणीर सिंहजस्ता कलाकारकाे नाम जाेडिएकाे छ।

इन्डियन पुलिसले ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला परेकाे हाे।  यसकाे मतलब  सेलेब्रिटीहरू ड्रग्स सेवन गर्छन् भन्ने हाेइन।

हालै मुम्बर्इ पुलिसले ड्रग्स र बलिउड सेलेब्रिटीबीचकाे अच्चमलाग्दाे केश सुल्झाएकाे छ। ड्रग्स माफियाले  बलिउड सेलेब्रिटीकाे नाम काेडवर्डकाे रूपमा प्रयाेग  गर्दै अाएकाे मुम्बर्इ पुलिसले पत्ता लगाएकाे छ। उनीहरूले बलिउडका चर्चित कलाकारकाे नाममा काेडवर्ड राखेका  छन्। बलिउड अभिनेत्री अालिया भट्टकाे मतलब, ‘काेकिन’,‘कंगना रनावत मतलब’, 'अफिम'।

यस्तै ड्रग्स 'अर्गनाइजर' काे नाम सलमान खान राखेका छन्। काेड रणवीर सिंह मतलब,'पेडलर' अथार्त 'ड्रग्स व्यपारी'। काेड नर्गिस फाखरी मतलब, 'एक्सटैसी टेबलेट'। काेड रणवीर कपुर मतलब, 'हाेस्ट'।

काेड अनुष्का शर्मा मतलब,'हशिश' र  केटरिना केफ मतलब,'स्मेक'। यसले बलिउड सेलेब्रिटी ड्रग्स माफियाबीच चर्चित छन् भन्ने पुष्टि भएकाे छ।


 

More form the Internet

loading...