Suvadin, Home

यी हुन् २०१७ का प्रतिक्षित सिक्वल फिल्म

सिनेमा जगतमा पछिल्लो समय सिक्वेल बनाउने अभ्यास बड्दो छ। कुनै फिल्म हिट भएपश्चात त्यस्तै नाम तर फरक प्लटमा फिल्महरु निर्माण भइरहेका छन्। हलिउडबाट सुरु यो ट्रेन्ड बलिउड हुदै कलिउडमा पनि लोकपिय्र बन्दै छ। यो अभ्यास व्यापारिक हिसाबले सफल देखिएपछि सिक्वेल बन्ने क्रम बढ्दो छ।  

काठमाडौं, माघ १८


सिनेमा जगतमा पछिल्लो समय सिक्वेल बनाउने अभ्यास बड्दो छ। कुनै फिल्म हिट भएपश्चात त्यस्तै नाम तर फरक प्लटमा फिल्महरु निर्माण भइरहेका छन्। हलिउडबाट सुरु यो ट्रेन्ड बलिउड हुदै कलिउडमा पनि लोकपिय्र बन्दै छ। यो अभ्यास व्यापारिक हिसाबले सफल देखिएपछि सिक्वेल बन्ने क्रम बढ्दो छ।  

पछिल्ला केहि वर्षयता नेपाली सिनेमामा हेर्न हो भने निकै चर्चित नेपाली फिल्मका सिक्वल बनेका छन्। नाई नभन्नु ल, बाटो मुनीको फुल, कबड्डी, होस्टल, चपली हाईट जस्ता चर्चित फिल्मको सिक्वेल सफल भएका छन्।

यस्तै २०१७ मा प्रदर्शनमा आउने बहुप्रतिक्षित सिक्वेल फिल्ममा पर्छ निश्चल बस्नेतको 'लुट- २' र पुस्पराज निउपानेको  'सायद-२' भने  केहि बन्ने क्रममा रहेका छन्। निखिल उप्रेतीको पिजंडा ब्याक अगेन र प्रदिप खड्काकाे प्रेमगीत छायांकनकाे क्रममा छन्।  

लुट-२

चार वर्षअघि निर्माण भएको चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट–२’ फागुन १३ गतेदेखि प्रदर्शनमा अाउने भएकाे छ। दर्शकहरुको प्रतिक्षाको सुचीमा रहेको निश्चल बस्नेतद्वारा निर्देशित उक्त चलचित्र द्वन्द्व तथा सस्पेन्समा अाधारित छ।

माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा आदि कलाकारले अभिनय गरेका छन्। 

सायद-२

नेपाली फिल्म सायदको सिक्वेलको फिल्म  हाे 'सायद -२'। विद्यार्थीहरूलाई लक्षित गरेर निर्माण गरीएको यो फिल्म याे अषार ३० मा प्रर्दशन हुने भएको छ।

दीर्घ खड्काको सम्पादन, राजु विक्रम थापाको छायांकन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको ‘सायद–२’मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धिलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रसाईंलगायत कलाकारले अभिनय गरेका छन्।

पिजंडा ब्याक अगेन

अभिनेता निखिल उप्रेतीले नेपाली रजतपटमा प्रवेश गरेको चलचित्र ‘पिंजडा’ काे सिक्वेल हाे ‘पिंजडा ब्याक अगेन'। हिमाल केसीको निर्देशन रहने ‘पिंजडा ब्याक अगेन’मा निखिल उप्रेतीको साथमा नवनायिका साराले रोमान्स गर्नेछिन्। चलचित्रमा निखिल र साराको साथमा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, भोला सापकोटालगायतको कलाकारको अभिनय रहेको छ।

एक्सनको साथमा पारिवारीक तथा सामाजिक कथामा रहेको फिल्म आउँदो दशैँमा प्रदर्शन हुने बताइएको छ।  

प्रेमगीत-२

गतबर्षको सफल फिल्म ‘प्रेमगीत’को सिक्वेल  फिल्म ‘प्रेमगीत २’को छायांकन भइरहेकाे छ। प्रेममा अाधारित उक्त फिल्मकाे मुख्य भूमिकामा प्रदिप खड्का, नव-नायिका अश्लेषा ठकुरी रहनेछन्। साथमा भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य, सौरभ क्षेत्री लगायतका कलाकारकाे अभिनय रहेकाे छ।


 

More form the Internet

loading...