Suvadin, Home

अनुपविक्रम भन्छन्, 'मेराे अदालतमा निसाफ मिल्छ'

निर्देशक विवेक सापकोटाको निर्देशनमा बन्ने फिल्म ‘निसाफ’को छायांकन सुरू भएको छ। बिहीबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै निर्माण टाेलीले चलचित्रको छायांकन प्रारम्भ गरेको हो।  
नायक अनुपविक्रम शाही।

काठमाडाैं, फागुन १३- निर्देशक विवेक सापकोटाको निर्देशनमा बन्ने फिल्म ‘निसाफ’को छायांकन सुरू भएको छ। बिहीबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै निर्माण टाेलीले चलचित्रको छायांकन प्रारम्भ गरेको हो।  

फिल्मका मूख्य कलाकार नायक अनुपविक्रम शाहीले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला, तर मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ भन्ने फिल्ममा समावेश संवाद बोल्दै फिल्मकाे पहिलाे सट दिएका थिए।

अापराधिक कथामा अाधारित उक्त फिल्मममा नायक शाहीका साथमा  सरोज खनाल, ध्रुव कोइराला, यादव बैरागी, भरत ढुङ्गाना, सगुन थापा, विजयजङ रायमाझी, रविना खतिवडा, साधना सिलवाल लगायतका कलाकार मुख्य भूमिकामा छन्।

सुपरियल फिल्मसको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्माता यस जंग राना हुन्। चलचित्रमा दिव्य सुवेदीको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज र बब्बुको नृत्य तथा मनोज चौलागार्इंको संगीत रहनेछ।

६० लाखको लागतमा बन्न लागेको यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने तयारी यसको निर्माण पक्षको छ।


 

More form the Internet

loading...