Suvadin, Home

फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

बलिउड अभिनेता अमिताभ बच्चनले सन् १९७५मा प्रदर्शनमा अाएकाे एक फिल्मका बारेमा निकै राेचक तथ्य खुलासा गरेका छन्। उनले उक्त फिल्मकाे एक दृश्य छायांकन गर्ने तीन वर्ष समय लागेकाे बताएका छन्। 
नायक अमिताभ बच्चन।

काठमाडाैं, फागुन २७ -  बलिउड अभिनेता अमिताभ बच्चनले सन् १९७५मा प्रदर्शनमा अाएकाे एक फिल्मका बारेमा निकै राेचक तथ्य खुलासा गरेका छन्। उनले उक्त फिल्मकाे एक दृश्य छायांकन गर्ने तीन वर्ष समय लागेकाे बताएका छन्। 

सन् १९७५ मा नायक अमिताभ अभिनित फिल्म शाेले प्रदर्शनमा अाएकाे थियाे। उक्त फिल्म त्यतिबेला सुपरहिट भएकाे थियाे। साे फिल्मकाे एक दृश्य छायांकन गर्न निश्चित प्रकाश चाहिएका कारण फिल्का निर्देशक रमेश शिप्पीलार्इ तीन वर्षकाे समय लागेकाे हाे।

बिहीबार ‘रमेश सिप्पी एकाडेमी अफ सिनेमा एण्ड एन्टरटेन्मेन्ट’काे उद्घाटन कार्यक्रममा पुगेका अमिताभले दर्शकहरूसँग कुराकानी गर्दै साे खुलासा गरेका हुन्। फिल्मकाे  एक दृश्य जहाँ नायिका जया बच्चन एउटा लालटिन बाल्छिन् र बाहिर बसेर अमिताभ एक बाध्यबाधन माउथ अर्गेन बजाइरहेका छन्। उक्त दृश्य छायांकन गर्न निश्चित प्रकाशकाे अावश्यकता थियाे। सुर्य अस्ताउँदै गरेकाे प्रकाश फिल्ममा अावश्यक थियाे। जसका लागि फिल्मका फाेटाेग्राफी निर्देशकले तीन वर्ष लामाे समय प्रतिक्षा गरेकाे अमिताभले बताएका छन्।। 

अमिताभले उक्त दृश्य छायांकन गर्दा जहिले केही न केही समस्या अाउने गरेकाे बताए।


 

More form the Internet

loading...