Suvadin, Home

नेपाली सिने जगतका उदाहरणीय सेलिब्रेटी दम्पती

नेपाली सिनेमाका महानायक राजेश हमालले उमेरले पाँच बसन्त काटेपछि विवाह गरे। सात वर्ष लामो प्रेमलाई लुकाएर राखेका राजेशले आफूभन्दा झण्डै आधा उमेरकी प्रेमिका मधु भट्टरार्इलाई लगनगाठो गरी भित्र्याए। राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा अध्ययनशील तथा सामाजलाई गहिरोसँग बुझेका नायकहरुमध्ये पर्छन्। उनले आफ्नो प्रेमसम्बन्धका विषयमा कुरा गर्दा युवायुवतीहरुलाई सकारात्मक सन्देश दिँदै आएका छन्। राजेश र मधुको जोडी प्रेम गर्ने युवायुवतीहरुका लागि उदाहरणीय छ।

काठमाडाैं, फागुन ३ -  मंगलबार प्रेम दिवस। संसारै प्रेममय भएको छ। प्रेमको नशा संसार झुमिरहेका वेला नेपालमा त्यसको प्रभाव नपर्ने कुरा नै भएन्। विश्व समाज गतिशील भइरहेका बेला नेपाली समाजमा पनि भ्यालेन्टाइन संस्कृति झाँगिदै गएको छ।

भ्यालेन्टाइन-डे मायाको पर्व हो। माया संसारकै अद्भूत चिज हो, यसलाई महशुस गर्नेहरु जीवनको सार्थकता मायामा हुने धारणा राख्छन्। भ्यालेन्टाइनको कुरा गर्दा माया गर्ने जोडीहरुको कुरा नगरी पुग्दैन्।

नेपाली सेलिब्रेटीहरुमध्ये केही यस्ता छन्, जसको प्रेमलाई आइकोनिक मानिन्छ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र सुन्तली)

सीताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस र सुन्तलीका नामले बढी प्रख्यात छन्। पेशाले दुवै हास्य कलाकार हुन्। नेपाल टेलिभिजनको चर्चित हास्य कार्यक्रम ‘मेरी बास्सै’ले उनीहरुलाई आमनेपाली माझ परिचित गराएको हो।

सो कार्यक्रममा उनीहरुले पर्दामा प्रेमी-प्रेमिकाको भूमिका निर्वाह गरेका थियो। पर्दामा प्रेमिल जोडी बनेका उनीहरु एक-अर्काप्रति आकर्षित हुँदै वास्तविक जीवनमा पनि आइकोनिक जोडी बनेका छन्।

धुर्मुस सुन्तली माया प्रेमले मात्रै नेपालीहरु माझ आइकोनिक बनेका हैनन्। भूकम्पपछि उनीहरुले नेपाली समाजमा पुर्याएको योगदानले उनीहरुलाई बैग्लै उचाई थपिदियो। भूकम्पपछि उनीहरुले काभ्रेपलाञ्चाेकको पाँचखालमा, सिन्धुपाल्चोकको गिरानचौरमा र हाल महोत्तरीमा मुसहर वस्तीमा एकीकृत नमूनावस्ती निर्माणमा जुटेका छन्।

सुन्तलीको माया र साथले यी सामाजिक कार्यहरु सम्पन्न भएका र हुने क्रममा रहेको धुर्मुस बताउँछन्। गिरानचौर वस्ती निर्माण सम्पन्न गरेपछि सुन्तलीका नाममा प्रेमपत्र लेख्दै धुर्मुसले वस्तीमा निर्माणमा प्रेरणा प्रदान गरेकोमा आभार प्रकट गरेका थिए।

राजेश हमाल र मधु भट्टराई

राजेश हमाल र मधु भट्टराई नेपाली सिनेमाका महानायक राजेश हमालले उमेरले पाँच बसन्त काटेपछि विवाह गरे। सात वर्ष लामो प्रेमलाई लुकाएर राखेका राजेशले आफूभन्दा झण्डै आधा उमेरकी प्रेमिका मधु भट्टरार्इलाई लगनगाठो गरी भित्र्याए।

राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा अध्ययनशील तथा सामाजलाई गहिरोसँग बुझेका नायकहरुमध्ये पर्छन्। उनले आफ्नो प्रेमसम्बन्धका विषयमा कुरा गर्दा युवायुवतीहरुलाई सकारात्मक सन्देश दिँदै आएका छन्। राजेश र मधुको जोडी प्रेम गर्ने युवायुवतीहरुका लागि उदाहरणीय छ

मिथिला शर्मा र मोतीलाल बोहरा

प्रेमलाई उमेरले छेक्दैन्। यो भनाई वरिष्ठ अभिनेत्री मिथिला शर्मा र मोतीलाल बोहराको जीवनमा मेल खान्छ। मिथिला शर्माले ५० वर्षको उमेरमा पूर्व आइजिपी ७४ वर्षीय मोतीलाल बोहोरासँग इंगेजमेन्ट गरिन्।

सीमित पारिवारिक सदस्यहरुका माझ भएको इंगेजमेन्टकाे फोटो ट्वीटरमा सार्वजनिक गरेपछि उनीहरुको सम्बन्ध बाहिर आएको थियो। नेपाल प्रहरीको नेपाल पुलिस क्लबमा नृत्यांगना र निर्देशक भएर लामो समय काम गरेपछि यी दुवैबीच माया झाँगिएको थियो। उनीहरुबीच छिटै बिहे हुने भनिएपनि कहिले हुन्छ त्यो भने सार्वजनिक गरिएको छैन्।

झरना थापा र सुनिलकुमार थापा

नायिका झरना थापा र निर्माता सुनिलकुमार थापाको प्रेम कहानी गज्जबको छ। झरना थापा नेपाली चलचित्रकी सदावहार नायिका हुन्। झरना र सुनिलकाबीच कलेज लेभलबाट नै प्रेमसम्बन्ध सुरु भएको थियो। यद्यपि उनीहरु एउटै कलेजमा भने पढ्थेनन्।

झरना थापा पद्मकन्या क्याम्पसमा पढ्दा सुनिलले उनलाई खुब पन्छ्याउथे। सोही क्रमअघि बढ्दै जादा उनीहरु एकअर्काबीच आकर्षित हुन थालेका हुन्। प्रेमलाई विवाहमा पुर्याएका उनीहरुकी एक छोरी छिन्। उनीहरु दुवै जना चलचित्र क्षेत्रमै व्यस्त छन्।

आर्यन सिग्देल र सपना भण्डारी

नेपाली चलचित्रका चकलेटी नायक हुन्, आर्यन सिग्देल। चकलेटी लुकका कारण उनी युवायुस्ताका बढी रुचाइएका नायकहरुमध्ये पर्छन्। प्रेम विवाहलाई विहेमा परिणत गर्ने नेपाली सेलिब्रेटी मध्येका एक उनी पनि हुन्।

हिट चलचित्र दिइरहेका बेला सपनासँग उनको प्रेम गाँसिएको थियो। सोही प्रेमलाई अन्तिम रुप दिँदै आर्यनले विवाह पनि गरे। विवाहपछि दुवैजना एकअर्काबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिँदै आएका छन्।


 

More form the Internet

loading...