Suvadin, Home
Nepal Life Insurance Ltd.

‘कैदी नम्बर १५०’ फिल्म रिलिजमा कम्पनीहरूले दिए छुट्टी

दस वर्षपछि 'कैदी नम्बर १५०' बाट फिल्म क्षेत्रमा पुनारागमन गरेका तेलगु सुपरस्टार चिरञ्जीवीकाे  फिल्म रिलिजको दिन तेस्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरूमा कम्पनीहरूले कर्मचारीलाई छुट्टी दिएका छन्।

काठमाडाैं,पुस २८

तेलगु सुपरस्टार चिरञ्जीवीको फिल्म 'कैदी नम्बर १५०' ले अमेरिकी बक्स अफिसमा इन्डिया सिनेमामा नयाँ रेकर्ड बनाएकाे छ। अमेरिकामा भएको प्रिमियर शोमा  'कैदी नम्बर १५०' ले मंगलबार एक मिलियनभन्दा माथिकाे व्यापार गरेकाे छ। अग्रिम बुकिङमै छ सय पन्ध्र हजार डलरकाे रेकर्ड बनाएकाे छ 'कैदी नम्बर १५०' ले।
 
दस वर्षपछि 'कैदी नम्बर १५०' बाट फिल्म क्षेत्रमा पुनारागमन गरेका तेलगु सुपरस्टार चिरञ्जीवीकाे  फिल्म रिलिजको दिन तेस्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरूमा कम्पनीहरूले कर्मचारीलाई छुट्टी दिएका छन्। यसअघि भारतमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म 'कबाली' रिलिजमा केही प्रान्तका कम्पनीहरूले छुट्टी दिएका थिए।
 
साउदी अरबका केही कम्पनीहरुले समेत यो अवसरमा कर्मचारीलाई छुट्टी दिएका छन्। केही दिन पहिलेसम्म कुनै फिल्म हल नभएको साउदी अरबमा अहिले आइमेक्सका हल सञ्चालनमा आएका छन् जहाँ सुरुमै चिरञ्जिवीको फिल्म लागेको छ ।  
 
भारतको तेलंगानामा चिरञ्जीवी सुपरस्टार मानिन्छन्। तलेगु प्रान्तमा बुधबार चाैध सय भन्दा बढी हलमा फिल्म प्रदर्शन भएकाे छ। भारतीय बजारमा पनि फिल्मले राम्राे व्यापार गर्ने अनुमान गरिएकाे छ।
 

 

More form the Internet

loading...