Suvadin, Home

सहकर्मी सुटिङमा नअाएपछि कपिल शर्मा तनावमा

अर्को महिना यो कार्यक्रमको नवीकरण मिति छ। सोनीले कपिल सामू १ सय ६ करोडको डिल गर्ने समाचार यसअघि नै प्रशारण भएका थिए। तर, अब कलाकारकै झगडा र बलिउड हस्तीहरुले उनको कार्यक्रममा आउनै नमानेपछि सोनी च्यानल नवीकरण नगर्ने मुडमा पुगेको छ।
कलाकार कपिल शर्मा ।

काठमाडौं, चैत १३ – कमेडियन कपिल शर्माको बहुचर्चित कमेडी शो बन्द हुने अवस्थामा पुगेको छ। शोमा उनीसँगै देखिने कलाकार सुनिल ग्रोबर र चन्दन प्रभाकरसँग अष्ट्रेलियाको मेलबर्नबाट फर्किंदा भएको दुर्व्यवहारकाे घटनापछि यो चर्चित शोमा बादल लागेकाे हाे।

झगडापछि कपिलको उनीहरूसँग सम्बन्ध मात्र टुटेन, शाे नै बन्द हुने अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन्। उनीहरुबीचको बढ्दो दुस्मनीले गर्दा शो प्रशारण गरिरहेको सोनी च्यानल पनि खुसी नभएको र कार्यक्रम बन्द गर्ने अवस्थामा पुगेको बताएकाे छ।

अर्को महिना यो कार्यक्रमको नवीकरण मिति छ। सोनीले कपिल सामू १ सय ६ करोडको डिल गर्ने समाचार यसअघि नै प्रशारण भएका थिए। तर, अब कलाकारकै झगडा र बलिउड हस्तीहरुले उनको कार्यक्रममा आउनै नमानेपछि सोनी च्यानल नवीकरण नगर्ने मुडमा पुगेको छ।

डीएनएमा प्रकाशित रिर्पोटअनुसार सेलिब्रेटीहरूले शोमा आउन अस्वीकार गरिरहेका छन्। कपिलले एक पटकको सुटिङ नै रद्ध गरिसकेका छन्। उनी आगामी फिल्म फिरंगीको सुटिङका लागि बिकानेर गएका छन्।

इण्डियन एक्सप्रेसमा प्रकाशित एक रिर्पोटमा शोको आगामी सुटिङ २९ मार्चका हुने र त्यसमा अर्का कलाकार अली सामेल हुने उल्लेख छ।

पछिल्लो पटक मेलवर्नबाट फर्किंदा हवाई यात्राकै क्रममा कपिलले सुनिल ग्रोबर र चन्दनलाई गाली गलौच गरेका थिए। साथै उनीहरूमाथि हातै हालेको समाचार भाइरल भएको थियो। यस्तो दुर्व्यवहारबाट रिसाएका यी दुई कलाकार सुटिङमै नगएपछि कपिल तनावमा छन्।


 

More form the Internet

loading...