Suvadin, Home

करिश्माले प्रवेश गराइन् नयाँ शक्तिमा एक दर्जन कलाकार 

पार्टी नेतृ समेत रहेकी अभिनेतृ करिश्मा मानान्धरको पहलमा एक दर्जन बढी कलाकारहरु पार्टीमा प्रवेश गरेका हुन्।
नायिका करिश्मा मानन्धर।

काठमाडाैं, फागुन २२ - नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय एकताविना मुलुकलाई समृद्ध बनाउन नसकिने बताएका छन्। संयोजक भट्टराईले हिमाल, पहाड र तराईका सबै समुदायको सम्मान गरेर मात्रै मुलुकको राष्ट्रियतालाई बलियो बनाउन सकिने पनि स्पष्ट पारे।

आइतबार यहाँ एक दर्जन बढी कलाकारहरुलाई पार्टीमा प्रवेश गराउँदै नेपालको विविध संस्कृतिको सम्मान गरेर मात्रै पार्टीको समृद्धिको सपनालाई पूरा गर्न सकिने पनि उल्लेख गरे। संयोजक भट्टराईले पार्टीले लिएको विकास र समृद्धिको लक्ष्य हासिल गर्न कलाकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

पार्टी नेतृ समेत रहेकी अभिनेतृ करिश्मा मानान्धरको पहलमा एक दर्जन बढी कलाकारहरु पार्टीमा प्रवेश गरेका हुन्।


 

More form the Internet

loading...