Suvadin, Home

निर्मात्रीमा डेब्यु गर्दै बलिउड नायिका क्याट्रिना

बलिउड फिल्ममा अभिनयका साथ साथै फिल्म निर्माण गर्ने प्रचलन बढ्दाे छ। नायकहरूले सुरू गरेकाे याे प्रचलनलार्इ बलिउड नायिकाहरूले पनि अपनाउन थालेका छन्। बलिउड अभिनेत्री प्रियंका चाेपडा, अनुष्का शर्माले अाफ्नै प्राेडक्शनमा फिल्म निर्माण गरिरहेका बेला चर्चित अभिनेत्री क्याट्रिना कैफले पनि फिल्म निर्माण गर्ने भएकी छिन्।

काठमाडाैं, फागुन ५ - बलिउड फिल्ममा अभिनयका साथ साथै फिल्म निर्माण गर्ने प्रचलन बढ्दाे छ। नायकहरूले सुरू गरेकाे याे प्रचलनलार्इ बलिउड नायिकाहरूले पनि अपनाउन थालेका छन्।

बलिउड अभिनेत्री प्रियंका चाेपडा, अनुष्का शर्माले अाफ्नै प्राेडक्शनमा फिल्म निर्माण गरिरहेका बेला चर्चित अभिनेत्री क्याट्रिना कैफले पनि फिल्म निर्माण गर्ने भएकी छिन्।

क्याट्रिनाले अाफ्नाे बहिनी इजाबेललार्इ लिएर फिल्म निर्माण गर्न लागेकी हुन्। इजाबेल बेलायती माेडल र अभिनेत्री हुन्। तर, पहिले अभिनेता सलमान खानले इजाबेललार्इ लञ्च गर्ने चर्चा थियाे। 

हाल क्याट्रिना अाफ्नाे फिल्म जग्गा जासुसकाे सुटिङमा व्यस्त छिन्। यस फिल्ममा उनी अाफ्नाे रियल लाइफ पूर्वप्रेमी रणवीर कपुरकाे अपाेजिटमा देखिने भएकी छिन्। अनुराग बासुले निर्माण गरेकाे उक्त फिल्म राेमान्टिक कमेडी एडभेन्चरमा विधामा छ।


 

More form the Internet

loading...