Suvadin, Home

लुट-२ बुकिङ अाक्रामक शैलीमा

केही समयअघि निर्माता माधव वाग्लेले दिपाश्री निराैलाले निर्देशन गरेकाे फिल्म छक्का-पञ्जाकाे रेकर्ड ताेड्ने दाबी दिएका थिए। जुन, अहिले उनकाे फिल्म लुट-२ काे अाक्रामक बुकिङले रेकर्ड ताेड्ने संकेत देखाएकाे छ। महाशिवरात्रीकाे अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा अाउने फिल्म लुट-२ काे बुकिङ खाेलिएकाे केही घन्टामै अधिकतम् सिट बुक भएका छन्। बुधबारबाट खुल्ला गरिएकाे अग्रीम बुकिङमा शुक्रबार र शनिबारकाे लगभग सबै सिट भरिभराउ भएकाे निर्माण पक्षले जनाएकाे छ।
फिल्म लुट-२ काे पाेस्टर ।

काठमाडाैं,फागुन १२- केही समयअघि निर्माता माधव वाग्लेले दिपाश्री निराैलाले निर्देशन गरेकाे फिल्म छक्का-पञ्जाकाे रेकर्ड ताेड्ने दाबी दिएका थिए। जुन, अहिले उनकाे फिल्म लुट-२ काे अाक्रामक बुकिङले रेकर्ड ताेड्ने संकेत देखाएकाे छ।

महाशिवरात्रीकाे अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा अाउने फिल्म लुट-२ काे बुकिङ खाेलिएकाे केही घन्टामै अधिकतम् सिट बुक भएका छन्। बुधबारबाट खुल्ला गरिएकाे अग्रीम बुकिङमा शुक्रबार र शनिबारकाे लगभग सबै सिट भरिभराउ भएकाे निर्माण पक्षले जनाएकाे छ।

लुट-२ हेर्ने दर्शककाे संख्या अाक्रामक देखिएकाे छ। शुक्रबार मात्र क्युएफएक्सले बाइस वटा उक्त दिएकाे छ। यस्तै, बिग मुभिजले दस वटा, सिने दे सेफले पाँच वटा, एफ क्युब सिनेमाले १२ वटा र क्यु एस सिनेमाले अाँठ वटा जुन हाउसफुल भइसकेका छन्। 

युवा निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित उक्त फिल्म वि.सं. २०६८ सालमा प्रदर्शनमा अाएकाे सुपरहिट फिल्म लुटकाे सिक्वल हाे। ब्ल्याक हर्स पिक्चर्स् र प्रिन्सेज मुभिजको ब्यानरमा निर्माण भएकाे याे फिल्म सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।

पुरुषोत्तम प्रधानले छायांकन गरेका उक्त फिल्ममा कालीप्रसाद बाँस्काेटा, राेशन थापा र सुरज शाही ठकुरीकाे संगीत रहेकाे छ। राजकुमार उप्रेतीकाे द्वन्द्व निर्देशन छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, ऋचा शर्मालगायतका कलाकारको अभिनय छ।


 

More form the Internet

loading...