Suvadin, Home

चलिचत्र ‘म यस्तो गीत गाउँछु'काे छायांकन सुरू

नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘म यस्तो गीत गाउँछु' काे छायांकन सुरू भएकाे छ। बिहीबार राजधानीकाे सानो भर्‍याङस्थित एक घरबाट क्यामेराकाे पूजा गरी छायांकन सुरू गरिएकाे हाे।
‘म यस्तो गीत गाउँछु' फिल्मका कलाकारहरू ।

काठमाडाैं,फागुन १२


नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘म यस्तो गीत गाउँछु' काे छायांकन सुरू भएकाे छ। बिहीबार राजधानीकाे सानो भर्‍याङस्थित एक घरबाट क्यामेराकाे पूजा गरी छायांकन सुरू गरिएकाे हाे।

प्रेमकथामा अाधारित उक्त चलिचत्र ४० दिनसम्म छायांकन हुने निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन्। उनले चलिचत्र काठमाण्डौदेखि सुरु हुँदै पोखरा, मुस्ताङ, उपल्लो मुस्ताङसम्म पुगेर छायांकन सकिने बताएका छन्। 

सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन तथा कविराज गहतराजको नृत्यनिर्देशन रहने छ।

नायिका पूजा शर्मा यो चलचित्रको सह-निर्मात्री हुन्। चलचित्रमा पल र पूजा शर्मासँगै  सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीलगायतका कलाकार मुख्य भूमिका रहनेछन्।


 

More form the Internet

loading...