Suvadin, Home

पर्यटनकाे विकासका लागि मह जाेडीकाे देश दाैडाहा

नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आगामी १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन्। होटल एशोसिएसन अफ नेपालले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी देशका मुख्य मुख्य १० सहरमा मह यात्रा–२०७३ आयोजना गर्न लागिएको जानकारी गराएको हो।

काठमाडाैं, फागुन ९


नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आगामी १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन्। 

होटल एशोसिएसन अफ नेपालले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी देशका मुख्य मुख्य १० सहरमा मह यात्रा–२०७३ आयोजना गर्न लागिएको जानकारी गराएको हो।

मेलामा उठेको रकम सम्बन्धित क्षेत्रकै उद्यम, सिपमूलक तालिम एवम् विभिन्न विद्यालय तहमा छात्रवृत्ति उपलब्ध गराउन खर्च गरिने संघले जानकारी दिएकाे छ। 

मह यात्रामा महजोडीसहित हास्य कलाकारहरु नरेन्द्र कंसाकार, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेललगायत सहभागी हुने संघद्धारा सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मह यात्राको सुरुवातको मेला भने पर्यटकीय सहर पोखराबाट सुरु हुनेछ। १४ गते भैरहवा, १६ गते धनघढी, १७ गते महेन्द्रनगर, १८ गते नेपालगञ्ज, १९ गते बुटवल, २० गते सौराहा, २२ गते विराटनगर, २३ गते बिर्तामोड र २४ गते धरानमा मह यात्रा मेला आयोजना हुने संघले जनाएको छ।

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत ।


 

More form the Internet

loading...