Suvadin, Home

‘मन त परदेशी’काे शुभसाइत

नेपाली चलचित्र ‘मन त परदेशी’को शुक्रबार शुभसाइत गरिएको छ। चलचित्र निर्माण युनिट, कलाकार र पत्रकारको उपस्थितिमा कमलादी गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो।


काठमाडौं, माघ ७


नेपाली चलचित्र ‘मन त परदेशी’को शुक्रबार शुभसाइत गरिएको छ। चलचित्र निर्माण युनिट, कलाकार र पत्रकारको उपस्थितिमा कमलादी गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो।

एबी फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा देव नेपालको लेखन र निर्देशन रहने छ। दुर्गाबहादुर खड्काले बनाउन लागेको यो चलचित्रमा दीपेश पाण्डे, विक्रम क्षेत्री र समिता गिरी मुख्य भूमिका रहने जानकारी दिइएको छ।

चलचित्र लभ स्टोरीमा आधारित छ। फागुन १० गतेबाट छायंकन सुरु हुन सो चलचित्रमा सबै कलाकारले मेहेनत साथ काम गर्ने बताए।  


 

More form the Internet

loading...