Suvadin, Home

किङलगत्तै निखिलका चार चलचित्र पाइपलाइनमा

गत वर्ष तिहार नजिक रिलिज भएको फिल्म ‘लुटेरा’पछि पहिलोपटक यही पुस २८ मा रिलिज हुने फिल्म ‘किङ’मार्फत एक्सन नायक निखिल उप्रेती पर्दामा आउँदैछन्। पाँच वर्षपछि ‘भैरब’बाट पुनरागमन गरेका निखिलको यस फिल्मलार्इ लिएर विभिन्न टिप्पणी भइरहेको छ।
निखिल।

काठमाडाैं, पुस २४


गत वर्ष तिहार नजिक रिलिज भएको फिल्म लुटेरापछि पहिलोपटक यही पुस २८ मा रिलिज हुने फिल्म किङमार्फत एक्सन नायक निखिल उप्रेती पर्दामा आउँदैछन्। पाँच वर्षपछि भैरबबाट पुनरागमन गरेका निखिलको यस फिल्मलार्इ लिएर विभिन्न टिप्पणी भइरहेको छ।

किनभने ‘किङ’पछि उनका लगातार चार फिल्म पाइपलाइनमा छन्। किङलगत्तै निर्भय रिलिजको तयारीमा छ, त्यसपछि संरक्षण आउने सम्भावना छ। नयाँ वर्षमा राधे रिलिजको तय भइसक्दा रुद्र पनि रिलिजलाई तयार हुने विश्वास गरिएको छ।

लामो समयपछि पर्दामा आएर धमाका देखाइरेहा निखिलको करियरसँग जोडिएको फिल्म हो किङ’। यसकारण यो फिल्मलार्इ चल्नैपर्ने बाध्यता छ। सिंगल स्क्रिनमा निखिलको स्टार क्रेज जीवित छ। त्यसैले निखिललार्इ पर्खिने धेरै दर्शक छन्

यो फिल्म सफल बन्दा निखिलको स्टारडम अझ बलियो बन्नेछ, क्रेज बढ्नेछ। तर, सफलतको पछाडि मुख्य कुरा फिल्म कस्तो बन्यो भन्ने हुनेछ। फिल्म राम्रो बनेर आएन भने दर्शकले इनिसियल बिजनेसमा निखिलको नाममा हलमा साथ दिए पनि त्यसपछिका केही दिनबाटै फ्यानको पनि बाटो मोडिन सक्छ।

किङ नचल्दा के हुन्छ? निखिलले यसअघिका केही कार्यक्रममा बोल्दा भनेका छन्, मेरो करियर एउटा फिल्म मात्र होइन, तर कुनै बखत एउटै फिल्म मेरो करियर बन्छ, यो विषयमा म जानकार छु।

उनको यो तर्कलाई बुझ्दा एउटा फिल्म सफल हुनु र असफल हुनुको कुरा होइन, तर मैले कस्तो काम गरेँ र अब सुधार्नु पर्ने के छ भन्ने ज्ञात असफलताले गराउँछ, त्यसलाई सुधार्न तयार छु भन्न खोजेका छन् निखिलले।

तर, उनको तर्क छाडेर हेर्दा फिल्म चलेन भने लगत्तै रिलिजको तयारीमा रहेका अन्य फिल्ममा पनि यसको प्रभाव पर्नेछ। निखिलले कस्ता-कस्ता फिल्म खेलेको भन्ने प्रतिक्रिया दर्शकले व्यक्त गर्ने पुराना दिन पुनः सुरू हुन सक्छन्


 

More form the Internet

loading...