Suvadin, Home

पुरुषोत्तमकाे 'पैसाकै लागि बाँच्छ मान्छे' सार्वजनिक

ञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौंथो एल्बम् ‘कयामुदा’को एउटा अडियो गीत सार्वजनिक भएको छ। पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको शब्दसहितकाे भिडियो युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे। पैसाले मान्छेलार्इ के-के गराउँछ भन्ने भाव बाेकेकाे उक्त गीतमा दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत रहेकाे छ। प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयाेजन दिनेश सुनामले गरेका हुन्।
गीतकार पुरुषोत्तम बस्नेत र दिनेश सुनाम ।

काठमाडौं, फागुन ११ -  सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौंथो एल्बम् ‘कयामुदा’को एउटा अडियो गीत सार्वजनिक भएको छ। पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको शब्दसहितकाे भिडियो युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे।

पैसाले मान्छेलार्इ के-के गराउँछ भन्ने भाव बाेकेकाे उक्त गीतमा दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत रहेकाे छ। प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयाेजन दिनेश सुनामले गरेका हुन्।

बस्नेतको यो चौंथो एल्बम हो। योभन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम् एल्बम बजारमा ल्याइसकेका छन्। गीतकार बस्नेतको आगामी एल्बम् ५ वटा गीतले सजाइएकाे छ।

आगामी वैशाखमा एल्बम् रिलिजसँगै सार्वजनिक गरिनेछ। पैसा कसले बनायो गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत हो।


 


 

More form the Internet

loading...