Suvadin, Home

‘मेरो बदनाम’काे म्युजिक भिडियो सार्वजनिक

संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा गीतकार राम लामा ‘अविनाशी’द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ। चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ। भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीती मोक्तानले अभिनय गरेका छन्।
गीतकार राम लामा अभिनाशी।

काठमाडौं, चैत ९  – संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा गीतकार राम लामा ‘अविनाशी’द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ।

चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ। भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन्।

गीतकार लामाका करिब एक दर्जन गीत तथा दुई दर्जन कविता रचना सार्वजनिक भइसकेका छन्। रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिएका छन्। 


 

More form the Internet

loading...