Suvadin, Home

रेखा थापा र काेमल वली राप्रपाबाट अाैपचारिक राजनीतिमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट नायिका रेखा थापा र गायिका कोमल वली भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी छन्। राजधानीमा बुधबार सकिएको मत गणनामा नायिका थापा खुला महिलातर्फ दोस्राे भएकी हुन्। गायिका कोमल वली खुलातर्फ तेस्राे भएकी छिन्। महिलातर्फ नायिका थापाले १ हजार ६ सय ३ मत ल्याउदै केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। कोमल वलीले खुल्लातर्फ १ हजार ८ सय ५७ मत ल्याएर विजयी भएकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रेशा थापा र काेमल वली । तस्विरः रोशन सापकोटा/रासस

काठमाडौं,फागुन ११


राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट नायिका रेखा थापा र गायिका कोमल वली भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी छन्। राजधानीमा बुधबार सकिएको मत गणनामा नायिका थापा खुला महिलातर्फ दोस्राे भएकी हुन्।

गायिका कोमल वली खुलातर्फ तेस्राे भएकी छिन्। महिलातर्फ नायिका थापाले १ हजार ६ सय ३ मत ल्याउदै केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। कोमल वलीले खुल्लातर्फ १ हजार ८ सय ५७ मत ल्याएर विजयी भएकी हुन्।

नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरु पछिल्लो समय राजनीतिमा प्रवेश गर्ने लर्को नै लागेको छ। राजनीतिमा प्रवेश गर्ने चर्चित अनुहारमा लोकप्रिय नायिका रेखा थापादेखि अर्की नायिका करिश्मा मानन्धरसम्म रहेका छन्।

नायिका थापा जस्तै करिश्मा केही समय अघि डा. बाबुराम भट्टरार्इ नेतृत्वकाे पार्टी नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेकी हुन्। निर्वाचित भएपछि प्रतिक्रिया दिँदै रेखा थापाले राजनीतिमार्फत महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्ने बताएकी छिन्।


 

More form the Internet

loading...