Suvadin, Home

कर्मासँगको रोमान्समा भिन्तुनाले भुलिन् पुसको जाडो

पुसको जाडोले आममानिसलाई सास्ती दिइरहेको छ। तर, नेपाली चलचित्र उद्योगलाई चाहिँ यो जाडो निकै प्यारो भइरहेको छ। एकपछि अर्को गर्दै फिल्म रिलिज भइरहेका छन्, त्यसैकारण फिल्मी बजार तातेको हो।
भिन्तुना जोशी।

काठमाडौं, पुस २३


पुसको जाडोले आममानिसलाई सास्ती दिइरहेको छ। तर, नेपाली चलचित्र उद्योगलाई चाहिँ यो जाडो निकै प्यारो भइरहेको छ। एकपछि अर्को गर्दै फिल्म रिलिज भइरहेका छन्, त्यसैकारण फिल्मी बजार तातेको हो।

पुसको मध्य जाडोमा आफूलाई चाहिँ तातेको बताउँछिन् शुक्रबार रिलिज भएको चलचित्र भ्रमकी अभिनेत्री भिन्तुना जोशी। ‘जाडो भनेर भयो?,’ उनले प्रश्न गर्दै भनिन्, ‘फिल्म भ्रमलाई सफल पार्न त लाग्नै पर्यो नि।’ हट भिन्तुनाले कर्मासँग भ्रममा काम गरेकी छिन्।

नेवारी भाषाका एक दर्जनभन्दा धेरै फिल्ममा आफूलाई प्रस्तुत गरिसकेकी भिन्तुना यो फिल्म सफल हुनेमा आशावादी छिन्। कर्मा, खुश्बु खड्कासहितका कलाकारको मेहनतले पनि फिल्म सोचेजस्तै बन्न सफल भएको उनको तर्क छ।


 

More form the Internet

loading...