Suvadin, Home

करणकाे फिल्मबाट डेब्यु गर्दे सैफकी छाेरी

केही समय अघि बलिउड अभिनेता सैफ अली खानकी छाेरी सारा अली खानकाे बलिउडमा डेब्यु गर्ने खबरले खुवै चर्चा पाएकाे थियाे। कुन फिल्म र कसले उनलार्इ डेब्यु गर्ला भन्नेबारेका तमाम हल्लाहरूका बीच बुवा सैफअलि खानले छाेरीकाे डेब्यु रहस्यबाट पर्दा हटाएका छन्।
बलिउड अभिनेता सैफ र उनकी छाेरी सारा।

काठमाडाैं, फागुन ९


केही समय अघि बलिउड अभिनेता सैफ अली खानकी छाेरी सारा अली खानकाे बलिउडमा डेब्यु गर्ने खबरले खुवै चर्चा पाएकाे थियाे। कुन फिल्म र कसले उनलार्इ डेब्यु गर्ला भन्नेबारेका तमाम हल्लाहरूका बीच बुवा सैफअलि खानले छाेरीकाे डेब्यु रहस्यबाट पर्दा हटाएका छन्।

एक अन्तर्वातामा उनले छाेरी सारालार्इ प्रशिद्ध निर्देशक करण जाेहरले डेब्यु गराउन लागेकाे खुलासा गरेका हुन्। करण जाेहरकाे धर्म प्राेडक्सनबाट साराले बलिउड प्रबेश गर्न लागेकी हुन्।

निर्देशक करणकाे प्रसंशा गर्दै उनले,करण बलिउडका सशक्त निर्देशक रहेकाे बताए। तर, कुन फिल्मबाट उनी डेब्यु गर्दै छिन् भन्ने टुङ्गाे लागेकाे छैन। धेरैले करणकाे चर्चित फिल्म स्टुडेन्ट 'अफ दि यर' काे सिक्वलबाट सारा डेब्यु गर्ने अनुमान लगाएका छन्।

२०१२ मा प्रदर्शन अाएकाे उक्त फिल्मबाट तीन युवा कलाकारले डेब्यु गरेका थिए। अभिनेत्री अालीया भट्ट, अभिनेता सिदार्थ मल्हाेत्रा र बरूण धवन अहिले बलिउडमा स्थापित हुने क्रममा छन्।


 

More form the Internet

loading...