Suvadin, Home

शाहरूख-अक्षय, काे धेरै कमाउने ?

अक्षय कुमार अभिनित फिल्म जाेली एलएलबी-टु एक सय कराेडकाे अाँकडा छुनै लागेका बेला उनकाे प्रतिस्पर्धा शाहरूख खानसँग हुने भएकाे छ। शाहरूखकाे रइसले यसअघि नै एक सय कराेडकाे विजनेस गरिसकेकाे छ। एक सय कराेडभन्दा कमाउने अक्षयकाे याे साताैं फिल्म हाे। गत वर्षमात्रै अक्षयका ६ वटा फिल्मले एक सय कराेडकाे क्लबमा प्रवेश पाएका थिए। अक्षय बलिउडमा सबैभन्दा बढी फिल्म खेल्ने अभिनेतामा पर्दछन्।
शाहरूख खान र अक्षय कुमार । तस्विरः एजेन्सी

काठमाडाैं, फागुन ११


अक्षय कुमार अभिनित फिल्म जाेली एलएलबी-टु एक सय कराेडकाे अाँकडा छुनै लागेका बेला उनकाे प्रतिस्पर्धा शाहरूख खानसँग हुने भएकाे छ। शाहरूखकाे रइसले यसअघि नै एक सय कराेडकाे विजनेस गरिसकेकाे छ।

एक सय कराेडभन्दा कमाउने अक्षयकाे याे साताैं फिल्म हाे। गत वर्षमात्रै अक्षयका ६ वटा फिल्मले एक सय कराेडकाे क्लबमा प्रवेश पाएका थिए। अक्षय बलिउडमा सबैभन्दा बढी फिल्म खेल्ने अभिनेतामा पर्दछन्।

एक सय कराेडकाे क्लबमा सबैभन्दा बढी फिल्म सलमान खानका छन्। उनका पछिल्ला फिल्महरूले ब्याक टु ब्याट सय कराेडमाथिकाे व्यापार गरेका छन्। उनका पछिल्लाे १० फिल्मले त्याे व्यापार गरेका हुन्। 

पहिलाे स्थान सलमानले अाेगटेपनि दाेस्राे स्थानका लागि शाहरूख र अक्षयकाे टक्कर थियाे। शाहरूखकाे रइस तथा अक्षयकाे जाेली एलएलबी-२ रिलिज हुनुभन्दा पहिले यी दुवैका समान ६ फिल्मले सय कराेडकाे अाँकडा पार गरेका थिए।

तर, जाेली एलएलबी-२ भन्दा रइसले छिटाे सय कराेडकाे अाँकडा पार गर्दै अक्षयलार्इ शाहरूखले पछि छाडेका छन्। समालाेचकहरूले रइसभन्दा जाेली राम्राे भएकाे प्रतिक्रिया दिइरहेका बेला जाेलीले रइसकाे रेकर्ड ताेड्छ कि ताेड्दैन त्याे हेर्न बाँकी छ।

यदि रेकर्ड ताेड्याे भने अक्षयले सय कराेड क्लबमा शाहरूखलार्इ पछार्ने निश्चित छ।


 

More form the Internet

loading...