Suvadin, Home

पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायक : अोली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन उचित नहुने बताएका छन्। उनले शासवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या नगर्न सुझाएका हुन्।
केपी अोली।

काठमाडाैं, पुस २७


एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन उचित नहुने बताएका छन्।

उनले शासवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या नगर्न सुझाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ९५ आैं पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृहत् राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान कायम गर्दै राष्ट्रको रक्षाका लागि एकतावद्ध भएर जान पृथ्वी जयन्तीले सन्देश दिएको पनि बताए।

ओलीले सरकारले पृथ्वी जयन्तीमा विदा नदिएर संकीर्ण सोच राखेको टिप्पणी गरे। उनले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणका नायकका रुपमा सम्झनुपर्नेमा जोड दिए। ‘तत्कालीन समयमा पृथ्वीनारायण शाहले जनताको माग, चाहना र बलिदानलाई नेतृत्व दिएर नेपाल राष्ट्र निर्माणको अगुवाई गरे,’ ओलीले भने, ‘त्यसलाई स्मरण गर्नुपर्छ।’

 

 

More form the Internet

loading...