Suvadin, Home

बलिउड अभिनेता ओम पुरीकाे निधन

बलिउड अभिनेता ओम पुरीकाे निधन भएकाे छ। शुक्रबार बिहान अाफ्नाे घरमा हृदयघातका कारण उनकाे निधन भएकाे हाे।  हिन्दी चलचित्रका साथ हलिउड फिल्म गरेका ओम पुरी ६६ वर्षका थिए। अाफ्नाे जीवनभर  बलिउड फिल्म गरेका  पुरीले विभिन्र फिल्मी अवार्ड हासिल गरेका छन्। उनकाे निधनले बलिउड स्तब्ध छ। 
Om Puri

काठमाडाैं, पुस २२


बलिउड अभिनेता ओम पुरीकाे निधन भएकाे छ। शुक्रबार बिहान अाफ्नाे घरमा हृदयघातका कारण उनकाे निधन भएकाे हाे।  हिन्दी चलचित्रका साथ हलिउड फिल्म गरेका ओम पुरी ६६ वर्षका थिए। अाफ्नाे जीवनभर  बलिउड फिल्म गरेका  पुरीले विभिन्र फिल्मी अवार्ड हासिल गरेका छन्। उनकाे निधनले बलिउड स्तब्ध छ। 

ओम पुरी एक यस्ता कलाकार हुन् जसले अाफूलार्इ  फिल्ममा विभिन्न पात्रमा ढाल्न सके। उनले कमेडीदेखि लिएर गम्भीर,सकारात्मक तथा नकारात्मक भूमिका गरेका छन्।

ओम पुरीकाे जन्म १८ अक्टाेबर १९५०मा हरियाणाकाे अम्बाला शहरमा भएकाे हाे। प्राथमिक शिक्षा ननिहाल पञ्जाब काे पटियाला बाट पुरा गरेका पुरीले सन् १९७६मा पुना फिल्म संस्थानबाट  प्रशिक्षण प्राप्त गरे।

प्रशिक्षण प्राप्त गरेपछि उनले डेढ वर्ष स्टुडियाेमा अभिनयकाे शिक्षा दिए। पछि उनले अाफ्नाे  निजी रंगमञ्च,'मजमा' स्थापना गरे। सन् १९९३मा  नन्दिता पुरीसँग विवाह बन्धनमा बाँधिएका अाेम पुरीकाे २०१३ का सम्बन्धविच्छेद भयाे। अाेम पुरीका एयटा छाेरा छन् जसकाे नकम इशाान पुरी हाे।  

ओम पुरीले  अाफ्नाे फिल्मी यात्रा  मराठी नाटकमा  आधारित फिल्म ‘घासीराम कोतवाल’बाट गरेका थिए।  तर, उनकाे टर्निङ पाेइन्ट भने सन् १९८०मा रिलिज फिल्म अाक्राेश भयाे। उनले, ‘अर्ध सत्य’, ‘जाने भी दो यारों’, ‘नसूर’, ‘मेरे बाप पहले आप’, ‘देहली 6’, ‘मालामाल विक्ली’, ‘डन’, ‘रंग दे बसंती’, ‘दीवाने हुए पागल’, ‘क्यूँ ! हो गया ना’, ‘काश आप हमारे होते’ र ‘प्यार दिवाना होता है’ जस्ताे हिट फिल्म दिएका छन्।

ओम पुरी सुपरस्टार सलमान खान काे फिल्म  ‘ट्यूबलाइट’मा अाउनेवाला थिए। हलिउड फिल्म, 'सिटी अफ जाेय','दि घाेस्ट एण्ड डार्कनेस',टिभी सिरज,'द ज्वेल इन दि क्राउन' लगायत विभिन्न  हलिउड फिल्म गरेका छन्। २०१६मा रिलिज हिट फिल्म  ‘द जंगल बुक’ मा उनले बघिरा पात्रका लागि अाफ्नाे अावाज दिएका थिए जुन निकै रूचाएकाे थियाे।


 

More form the Internet

loading...