Suvadin, Home
मोबाइलमा रातो नम्बर उठाउँदा मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा रातो नम्बरबाट फोन आएको भन्दै पोस्ट गर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको बताएको हो। प्रश्ना पेशाले मोडल हुन्।
प्राश्ना पाण्डे।

काठमाडौं, पुस २०


मोबाइलमा रातो नम्बर उठाउँदा मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा रातो नम्बरबाट फोन आएको भन्दै पोस्ट गर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको बताएको हो। प्रश्ना पेशाले मोडल हुन्।

केन्द्रीय अनुसन्धान व्युरोमा पत्रकार सम्मेलन गरी प्राश्ना पाण्डेसँगै दीपक बराइलीलाई नियन्त्रण लिएको हो। अभियुक्तहरुमाथि अनुसन्धान थालेको प्रहरीले बताएको छ। पक्राउ परेकी पाण्डे मोडल र बराइली गायक हुन्।

सीआइबीले दुरसञ्चार प्राधिकरणसँग सहकार्य गर्दै थप  अनुसन्धान गरिरहेको पनि बताएको छ। एन्ड्रोइड एप्समा भएको यस्तो एप्सको दुरुपयोग गर्दै अफवाह फैलाएको प्रहरीको निष्कर्ष छ।

कसले कहाँबाट रातो नम्बरको विषयमा अफवाह फैलाएको हो भन्नेबारे अनुसन्धान जारी रहेको सीआइबी प्रमुख प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले जानकारी दिएका हुन्।


 

More form the Internet

loading...